इजरायलद्वारा बेलायत र डेनमार्कका यात्रुमाथि प्रतिबन्ध

२०७८ पुष २ गते, शुक्रबार


काठमाडौँ । इजरायलले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेको भन्दै बेलायत र डेनमार्कबाट फर्कने यात्रुहरुमाथि प्रतिबन्ध लगाएको छ । साथै मुलुकभित्रका नागरिकहरुलाई ती देशको यात्रामा जान प्रतिबन्ध लगाएको छ । ओम्रिकोनको संक्रमण बढेको भन्दै इजरायलले गतमहिनादेखी नै बोर्डर बन्द गर्दै आएकोमा हालै खोप लगाएका व्यक्तिहरुलाई प्रवेश अनुमति दिएको थियो ।
आगामी आइतबारसम्ममा फ्रान्स, स्पेन, आयरल्याण्ड, स्वीडेन र युनाईटेड अरब ईमिरेट्स लगायतका देशमासमेत यात्रा प्रतिबन्धको तयारी गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]