संसदको बैठक १२ गते बोलाउन सिफारिस

२०७० माघ ५ गते, आईतवार

काठमाडौं,५ माघ । सरकारले व्यवस्थापिका संसदको बैठक माघ १२ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आइतबार राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर माघ १२ गते अपराह्न ३ बजे संसदको बैठक आह्वान गर्न सिफारिस गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।संसदको अधिवेशन सुरु भएपछि नयाँ सरकार गठन प्रक्रिया समेत सुरु हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु