डा. केसीका माग पूरा गर : किरण

२०७० माघ ५ गते, आईतवार

काठमाडौं ,५ माघ।नेकपा – माओबादी ले वरिष्ठ चिकित्सक डा गोविन्द केसीका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । माओबादी क अध्यक्ष मोहन बैद्य किरणले वक्तव्य जारी गर्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।किरणले सो घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यान आकर्षित भएको पनि जनाएका छन् ।
किरणले जारी गरेको वक्तव्यको पूर्ण पाठ यस प्रकारको छ – “त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको डिन नियुक्ति,शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भइरहेको अनियमिततार विकृति लगायतका विरोधमा गत केही दिनदेखि सोही अस्पतालमा कार्यरत वरिष्ठ डा.गोविन्द के.सी.ले अनसन सुरु गर्नुभएको र आजसम्म त्यस सम्बन्धमा राज्यका तर्फाट कुनै सम्बोधन नगरिएको र त्यसबाट सिङ्गो स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त भएको स्थित्रि्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षा भएको छ ।शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्यापारीकरण र माफियाकरण जसरी मौलाइरहेको छ, त्यसको विरोधमा डा.के.सी.ले सुरु गर्नुभएको कदमप्रति हाम्रो पार्टी ऐक्यबद्धता जाहेर गरिसकेको छ । परन्तु, आज यतिका दिन बितिसक्दा पनि राज्य पक्षबाट सम्बोधन नगरिनु गैरजिम्मेवारी हो । डा. के.सी.बाट उठाइएका मुद्दाहरुको तुरुन्त सम्बोधन गरियोस् र उहाँको जीवनरक्षा गरियोस् भनी हाम्रो पार्टी जोडदार माग गर्दछ । ”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु