नेकपानिकट जनबर्गिय संगठनद्वारा एमसीसीविरुद्ध देशव्यापी विरोध जुलुस र सभाआयोजना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनबर्गिय संगठनहरुले एमसीसी सम्झौता खारेजीको माग गर्दै ६ राजनीतिक दल र दुई मोर्चाले घोषणा गरेको संघर्षका कार्यक्रमहरुलाई समर्थन गर्दै पुस ६ गते देशव्यापी विरोध जुलुस आयोजना गर्ने बताएको छ । सो पार्टीनिकट अखिल नेपाल भुमिहिन सुकुम्वासी संघका अध्यक्ष ओमप्रकाश पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माईला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, जनक्रान्तिका महान् सहिदपरिवार संगठनका अध्यक्ष खुमा सुवेदी, श्रमीक समुदाय मोर्चा, नेपालका अध्यक्ष रामलाल विक, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, युवा संगठन, नेपालका पाटन जंड्डली, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका .अध्यक्ष टिकाप्रसाद कडेल , राष्ट्रिय उद्योग बाणीज्य महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेत, अखिल नेपाल किसान महासंघका अध्यक्ष हरी श्रेष्ठ, अध्यक्ष , जनपत्रकार संगठन, नेपालका संयोजक शेरबहादुर विक, नेपाल राष्ट्रिय वुद्धिजिवी सगठनका संयोजक ब्यापक नेपाली र राज्यद्धारा वेपत्ता योद्धा परिवार समाज नेपालका अध्यक्ष रामबहादुर थापाले संयुक्त बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीनिकट जनबर्गिय संगठनहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्ती यस प्रकार रहेको छ – “एकातिर अमेरिकी उत्तर साम्राज्यवादले कुनैपनि हालतमा हाम्रो देशमा राष्ट्रघाती MCC परियोजना लागु गराउन चाहन्छ भने अर्कोतिर हाम्रो देशको दलाल पुँजिवादी राज्यसत्ता र देउवा सरकारले अमेरिकासँग आत्मसमर्पण गरेर नेपालमा ःऋऋ परियोजना लागु गराउने षडयन्त्रमा छ । त्यसकालागि संसदको आकस्मिक बैठकसमेत बोलाएको छ । नेपाली जनतालाई गुमराहमा राखेर षडयन्त्रमुलक ढंगबाट MCC परियोजना पारित गरेर अमेरिकी साम्राज्यवादलाई खुसी बनाउने र आफ्नो कुर्सी स्वार्थलाई पुरागर्ने षडयन्त्रमा लागेको देखिन्छ । MCCपरियोजना कुनैपनि मुल्य, मान्यतामा नेपाल र नेपाली जनताको हितमा नहुने भएकाले यसलाई खारेज गर्नुबाहेक अर्को विकल्पनै देखिदैन यहि मान्यतासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले घोषणा गरेको संघर्षका कार्यक्रमहरुलाई ऐक्यवद्धता जनाउदै संघर्षका कार्यक्रमहरुलाई तलसम्म प्रभावकारी बनाउन सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुलाई यसै प्रेस विज्ञप्तीमार्फत हार्दिक अनुरोध गर्दछ । साथै संघर्षका कार्यक्रमहरुलाई तलैसम्म ब्यवस्थित र प्रभावकारी बनाउन आवश्यकिय पहल गर्ने निर्णय सहित यो प्रस विज्ञप्ती जारी गरिएको ब्यवहोरा अनुरोध छ ।
संघर्षका कार्यक्रमहरु ः
२०७८ पुस ६ गते दिनको १२ बजे माईतिघर मण्डेलाबाट विरोध जुलुस तथा सभा काठमाण्डौ ।
२०७८ पुस ६ गते देशव्यापी विरोध जुलुस आयोजना गर्ने ।
थप संघर्षको कार्यक्रम आगामी परिस्थितिलाई हेरी तय गरिने छ । “
