एमसीसी सम्झौता खारेजीको माग गर्दै काठमाडौंका मुख्य चोकमा कोणसभा हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता खारेजीको माग गर्दै आज काठमाडौंका मुख्य चोकमा कोणसभा गर्ने बताएको छ । नेकपाले आज दिउसो ३ बजे काठमाडौं उपत्यकाका कोटेश्वर , चाबहिल , शान्तिबाटिका , गोंगबुलागयतका चोकमा एमसीसी सम्झौता खारेजीको माग गर्दै कोणसभा गर्ने बताएको छ । यसैगरी नेकपाले ललितपुर र भक्तपुरको मुख्य चोकमा कोणसभा गर्ने बताएको छ। नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले एमसीसी सम्झौता खारेजीको माग गर्दै भोलि पुष ६ गते काठमाडौंलगायत देशव्यापी रुपमा एमसीसी सम्झौता खारेजीको माग गर्दै देशव्यापी रूपमाविरोध प्रदर्शन र विरोध सभा गर्ने तयारी गरेको छ। सोही कार्यक्रमलाई सफल पार्न आज नेकपाले काठमाडौं उपत्यकाका मुख्य चोकमा कोणसभा आयोजना गरेको बताइएको छ । यसैगरी नेकपाले आज र भोलि हुने एमसीसी सम्झौता खारेजीको आन्दोलनमा सहभागी हुन् आम जनसमुदाय लाई अपिल समेत गरेको छ।