मजदुर कर्मचारीका माग पुरा गर्न पशुपती क्षेत्र बिकास कोषलाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघले सोमबार श्रमिक कर्मचारीहरुको मानवअधिकार रक्षाका निमित्त तत्काल सचेत पहल लिन पशुपती क्षेत्र बिकास कोषलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महाँसंघको बागमती प्रदेश समिती ३ ; उपत्यका बिशेष क्षेत्रले उक्त ध्यानाकर्षण बुझाएको हो। बिगत एक बर्ष अघि अर्थात; २०७७ माघ १४ को परिषद निर्णय बिपरित पछिल्लो पटक कोष ब्यवस्थापनले आन्दोलनरत श्रमिक कर्मचारी हरुलाइ गैरहाजिर राखेको र श्रमिक कर्मचारीहरुको संघर्ष समितिले उठाएको जायज मागप्रती न्यायोचित सम्बोधन नगरेकोले उक्त मागप्रती कोष ब्यवस्थापनको ध्यानाकर्षण गर्न गराउन उक्त पहल लिइएको बताइएको छ । पशुपति क्षेत्र बिकास कोषका सदश्य सचिव डा.मिलन कुमार थापासमक्ष पेश गरिएको उक्त पत्रमा; बिगत चार / पाँच महिना यता धर्नामा रहेका सम्पुर्ण श्रमिक कर्मचारीहरुको मानवअधिकार रक्षाका निमित्त तत्काल सचेत पहल लिन सम्बन्धित ब्यवस्थापनलाई चेतावनी दिइएको छ।
यस बिषयमा अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको बागमती प्रदेश समिती ३ ; उपत्यका बिशेष क्षेत्रले पशुपती क्षेत्र बिकास कोषलाई बुझाएको ध्यानाकर्षण पत्र यसप्रकार रहेको छ – “विगत धेरै समययता यस पशुपती क्षेत्र विकास कोष अन्तर्गत विभिन्न क्षेत्रमा विभिन्न प्राकृतिमा आवद्ध कार्यरत श्रमिक कर्मचारीहरुदवारा प्रचलित नेपाल कानुन र नियम वमोजिम सम्बन्धित व्यवस्थापन समक्षमा पेश गरी उठान गरेका न्यायोचित जायज माग तथा अधिकार पत्र सम्बन्धमा पशुपती क्षेत्र विकास कोषको सम्बन्धित जिम्मेवार तहबाट उचित न्यायोचित पहल नलिएको प्रति हाम्रो संगठन यसमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छ ।
हाम्रो जनप्रिय र गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी र पार्टीनिकट विभिन्न जनवर्गिय संगठन सम्पूर्णमाथि तात्कालिन सरकारले गैरन्यायिक, द्रेपपूर्ण र काथत रुपमा गैरराजनीतिक प्रतिवन्ध लगाई श्रमिक श्रमजिवी वर्गको न्यायपूर्ण आवाज र संघर्षमाथि निकृष्ट दमन गरिरहँदा पनि विगत दिनदेखि नै हाम्रो संगठन यहाँ आन्दोलनरत न्यायप्रेमी जनदमुदाय सम्पूर्णसँग सगै ऐक्यवद्ध रहँदै आएको छ।
यतिबेला हामी हाम्रो संगठनसहित श्रमिक अधिकारका लागि वैज्ञानिक समाजवादी व्यवस्था र जनमतसंग्रहको नारासहित मुलुकभर श्रमिक जागरण अभियानमा होमिएका छौँ । न्यायप्रेमी, राष्ट्रप्रेमी र प्रगतिशिल सम्पूर्ण जनताको तह यसप्रति सकारात्मक सोचका साथ सचेत सदासयतामा हामी संगै रहेको र हामी सम्पूर्ण रुपले देशभक्त, कान्तिकारी र प्रगतिशील जनसमुदाय सम्पूर्णसँग एकाकार रुपमा संगसंगै आध बढिरहेका छौं भने दलाल, जनघाती र राष्ट्रघाती माफिया तह मुद्दिभर यसबाट ता्सिएर श्रमजीवी जनता, मुलुक र जनताको स्वाधिनता विरुद्ध अनेक अनेक कुचेष्टापूर्ण दमन गर्दै आफ्नो अस्थाइ अस्तित्व वचाउमा लागिपरेको छ । सचेत श्रमिक तथा श्रमजीवी वर्ग यसप्रति समयमै सचेत रहन जरुरी छ भने क्रान्तिकारी सरोकारवाला दबाव समूह पहलकदमीका निमित्त ऐक्यवद्ध र झन् सशक्त रहन त्यसरी नै जरुरी देखिन्छ । त्यसैले, यमै ध्यानाकर्षण पत्रमार्फत हाम्रो संगठन पशुपति क्षेत्र विकास कोष र सम्बन्धित ब्यवस्थापन समक्ष विषयको गम्भिरतालाई समयमै मनन् गर्न र आवश्यक सचैतताका साथ सम्बन्धित सवालमा अबिलम्व दायित्ववोधको तहमा प्रवेश गर्न विनम्र अनुरोध गर्दछ । साथै आन्दोलनरत श्रमिक कर्मचारीले उठान गर्दै आएका मानव अधिकार एजेण्डालाइ तत्काल ध्यान दिन संगठन जोडदार माग गर्दछ । अन्तमा; मुलुकको प्रमुख पर्यटकीय क्षेत्र पशुपतीको प्राद्णमा विगत ४/५ महिना यता श्रमिक मजदुर र कर्मचारी विभिन्नलाई दिनहुँ घर्ना तथा अनसनमा बसिरहन वाध्य बनाउँदै आफ्नो उच्च ओहदा मात्र सुरक्षित राख्न लालयित सम्बन्धित व्यवस्थापन पक्ष र सरकार सम्बद्ध बिशिस्ट व्यक्तित्व विशेष हर्कतबाट अन्ततः निरन्तर रुपमा पशुपती क्षेत्र विकास कोषलाई नै दुरुपयोग गर्दै गरिएको प्रती समेत सचेत सरोकारवाला सम्पूर्ण जनतहमा सवाल र विषयमा गम्भीर वन्न यसै पत्रमार्फत हाम्रो हार्दिक अनुरोध छ । यसरी श्रमिक कर्मचारीहरुको नैसगिक अधिकार तथा मानवअधिकार विषयमा समेत गम्भीर नवनी पशुपती क्षेत्र विकास कोपको सम्बन्धित व्यवस्थापन पक्षले आन्तरिक र अन्तर्रास्ट्रिय पर्यटन घटनाक्रमसमेतलाइ मध्यनजर गर्दै, श्रमिक हक तथा अधिकारको निमित्त मुक्ति या मृत्युको सन्देश दिइरहेको पछिल्लो अवस्था र क्षेत्र समेतमा अन्ययापूर्ण प्रस्तावना सहित सम्झौताहिन संघर्षरत हाम्रो संगठन पशुपती क्षेत्र बिकास कोषको सम्बन्धितब्यवस्थापन पक्षलाई या आन्दोलनरत पक्षको सवाललाई तत्काल सम्मानजनक सम्बोधन गर्न यात हाम्रो शक्ति केन्द्रीत सशक्त र निर्णायक संघर्षको सामना गर्न तैयार रहन चेतावनी व्यहोरा सहितको सालिन अपिल; पत्रमार्फत सादर सम्प्रेषण गर्न चाहन्छ । न्ययप्रेमी श्रमिक श्रमजीवी वर्गको सम्पूर्ण इतिहास अपराजेय छ। “
