‘एमसीसी कुनै हालत स्वीकार्य छैन’

२०७८ पुष ७ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंहले एमसीसी कुनै हालत स्वीकार्य नहुने भन्दै रास्ट्रघाती एमसीसी सम्झौता पास गरे संसदमा प्रतिनिधित्व गरिरहेका सांसदहरुलाई खाल्डो खनेर पुर्ने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र २ मोर्चाले आयोजना गरेको एमसीसीबिरुद्ध बुटवलमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै नेता सुमनसिंहले सो चेतावनी दिएका हुन् । उनले रास्ट्रघातमा हस्ताक्षर गर्नेलाई नेपालबाट लखेट्ने उद्घोष गर्दै भने, अमेरिकनहरुले आफ्नो सैन्य हस्तक्षेप नेपालमा लाद्न खोजे अमेरिकनहरुको चिहान नेपाल हुनेछ, त्यसैले अमेरिकाले पनि बुझ्नु पर्छ नेपाली जनता हस्तक्षेप सहन गर्न तयार छैनन् ।
इलामको टुंडिखेलबाट सुरु भएको जनप्रदर्शनको र्याली मुख्य बजारको सडकहरुमा गगनभेदी नारा घन्काउँदै मालापथ मार्ग परिक्रमा गरेर लाकुरी चौतारामा आएर कोण सभामा परिणत भएको थियो । कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का रुद्र सांम्पाङ्ग, पार्टीका जिल्ला सेक्रेटरी मौसमले समेत सम्बोधन गरेका थिए ।
जनप्रदर्शनमा एमसीसी खारेज गर, एमसीसी चांहिदैन, देश बेच्न पाइदैन, रास्ट्रघाती दलालहरु होसियार, देशभक्त नेपालीहरु एक होऔं, गो ब्याक एमसीसी जस्ता नाराहरु लगाएका थिए । कोण सभाको संचालन पार्टीका जिल्ला सदस्य बिमल आचार्यले गरेका थिए । प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्प कोइरालाको पनि उपस्थिती रहेको थियो ।
यसैबीच , नेपाल कम्युनिस्ट पार्टी झापाले राष्ट्रघाती एमसीसी सम्झौताको बिरुद्ध विरोध प्रदर्शन गरेको छ । मंगलबार झापाको विर्तामोडमा भएको विरोध प्रदर्शनी र कोणसभालाई बुद्धिजीवी संघका केन्द्रीय सदस्य सुरेन्द्र कार्की, जिल्ला सदस्य तथा मेचीनगर इन्चार्ज जितु तामाङ, जिल्ला सदस्य तथा अर्जुनधारा इन्चार्ज दिपक कुरूङ्वाङ, जिल्ला सदस्य तथा विर्तामोड इन्चार्ज सौगात कटुवाल, जिल्ला सदस्य तथा कनकाइ इन्चार्ज युद्ध झापाली लगायतले सम्बोधन गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन भद्रपुर नगर इन्चार्ज सन्दिप खड्काले गरेका थिए । कार्यक्रममा बोल्दै नेताहरूले राष्ट्रघाती एमसीसी सम्झौताका बिरुद्ध सबै नेपाली जनतालाई एकै ठाउँमा उत्रन अपिल गरेका छन् । देशलाई समृद्धि बनाउने नाममा नेताहरूले धेरै राष्ट्रघाती सम्झौता गरिसकेको उदाहरण दिँदै फेरी संसदीय व्यवस्था र तिनका कारिन्दाहरू देश बेच्न लागिपरेको भन्दै देश बचाउन सबै नेपाली लागिपर्नुपर्ने उल्लेख गरे । विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद लगायतका नाराबाजी गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]