जेष्ठ सदस्य थापाले राष्ट्रपतिसँग सपथ लिँदै

२०७० माघ ६ गते, सोमबार

काठमाडौ, ६ माघ –संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले आज शपथ लिदै छन्।थापाले शपथ लिएपछि वैठकको प्रक्रिया सुरु हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका ८६ वर्षिय थापालाई बिहान ११ बजे राष्ट्रपति डा. रामवरण यादवले शपथ खुवाउने कार्यक्रम छ ।सपथ लगत्तै उनले व्यवस्थापिका संसद सचिवालयमा पदवहाली गर्ने र दिउँसो एक बजे पत्रकार सम्मेलन गर्ने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।
अन्तरिम संविधानमा ज्येष्ठ सदस्यले अरु सदस्यलाई सपथ गराउने र पहिलो बैठकको आह्वान गर्ने व्यवस्था छ ।थापाले मंगलबार संविधानसभा भवनमा संविधानसभाका अरु सदस्यलाई सपथ गराउने र बुधवार संविधानसभा बैठकको अध्यक्षता गर्नेछन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु