‘एमसीसी सम्झौता कुनै हालतमा लागु गर्न दिनु हुदैन ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज विवेकले राष्ट्रघाती एमसीसी सम्झौता राष्ट्र र जनताको हितमा नरहेकोले कुनै पनि हालतमा लागु गर्न दिनु नहुने बताएका छन । मंगलबार एमसीसीविरुद्ध आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता बिबेकले सो कुरा बताएका हुन् । एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तर्गतको बजेटबाट नेपालमा लगानी गर्न लागिएको र यसलाई विना सर्त नेपालबाट फिर्ता पठाउनु पर्ने उनको भनाई थियो । यदि एमसीसी कुनै हालतमा संसदबाट पास गराएमा पास गर्ने सांसदलाई कुनै पनि हालतमा गाउँमा बस्न नदिने चेतावनी दिदै यो योजना अन्तर्गत आउन लागिएको रकम अनुदान होइन, यो त अमेरिकाको लगानी लगाएर चीनलाई घेर्ने रणनीति भएको बताए । उनले यसका विरुद्ध सम्पूर्ण नेपाली जनताहरुले आआफ्नो ठाउँबाट प्रतिरोध गर्नुपर्ने र राष्ट्रियताको विषयमा सबै राष्ट्रयवादी पार्टीहरु एकजुट भएर लाग्नु पर्ने बताए ।
विरोध प्रदर्शनपछि आयोजित उक्त बिरोध सभाको संचालन ओखलढुंगाका सेक्रेटरी दिनेश सारुले गरेका थिए । कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरु लगायत विद्यार्थी, युवा, आम नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो ।