‘बैज्ञानिक समाजवादी व्यवस्थामा मात्र वास्तविक स्वतन्त्रता, शान्ति, प्रगति र न्याय हुन्छ’

राजनैतिक समस्याको समाधान ः संसदीय व्यवस्था कि बैज्ञानिक समाजवादी व्यवस्था विषयक बिचार गोष्ठी सम्पन्न भएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन नेपाल नुवाकोटद्वारा आयोजित कार्यक्रम शुभलाल श्रेष्ठको सभा अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजिबि संगठन नेपालका फ्याक्सन इन्चार्ज अनिल शर्मा (बिरही) ,अथिती केन्द्रीय सदस्य तथा नुवाकोट,रसुवा जिल्ला इन्चार्ज बिन्दु ,नुवाकोट जिल्ला सेक्रेटरी .सृजन, रसुवा जिल्ला सेक्रेटरी हरि, वरिष्ठ चिकित्सक तथा वौद्दिक व्यक्तित्व केदारनरसिह के.सि, ने.क.पा.(एमाले) नेता तथा बौद्धिक व्यक्तित्व रामशरण प्याकुरेल, केन्द्रिय सदस्य तथा रसुवा इन्चार्ज ने.क.पा.(माओवाद केन्द्र) इन्द्र गौतम, अर्थविद्द दिपक शर्मा, प्राध्यापक भरत सिग्देल रहेका थिए भने स्वागत मन्तव्य जागरण मन्च नेपाल नुवाकोट जिल्ला सयोजक विष्णु खड्काले राखेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधनगर्दै नेता बिरहीले भने – , ‘नेपाली जनतामा समाजवाद लोकप्रिय बनेको र पुँजीवाद संकटबाट गुज्रेको वर्तमान अवस्थाको कारण समाजवाद नचाहने, पँुजीवादको वकालत गर्न नसक्ने र राष्ट्रभक्तिको बर्को ओडिरहनु पर्ने बाध्यताका कारण पूर्वपञ्चहरुको एउटा तप्काले राष्ट्रिय समाजवाद÷वैदिक समाजवाद भन्न थालेको छ । राष्ट्रिय राजनीतिमा भेल छोप्ने उपभोक्तावादी चिन्तनबाट प्रभावित यो धाराको कुनै दार्शनिक चिन्तन र विरासत छैन ।’
उनले जोडदिदै भने ‘ नेपाल सामन्तवादबाट पुँजीवादमा प्रवेश नगरी दलाल पुँजीवादमा प्रवेश गरेकोले बहुआयामिक संकट र जटिलता सृजना गरेको छ । दलाल पुँजीवादले समाजलाई संधै संकट र अस्थीरतामा राखेर श्रमजीवी वर्गले सृजना गरेको मूल्यलाई दोहन गरी व्यक्तिले खडा गरेको निगमको नियन्त्रणमा ल्याएको छ । निगमकै प्रत्यक्ष नियन्त्रणमा राजनीति चलेको हुन्छ । त्यसैले सामन्तवाद र पुँजीवादमा नाममात्रको कागजी प्रजातन्त्र हुन्छ , शक्तिको स्रोत दलालहरु ह्ुने भएकोले वास्तविक प्रजातन्त्र सम्भव हुँदैन । वैज्ञानिक समाजवादमा मात्र वास्तविक प्रजातन्त्र र जनमतको सम्मान हुन्छ। ‘
सो कार्यपत्रको टिप्पणी भरत सिग्देल, इन्द्र गौतम, रामशरण प्याकुरेल, केदार नरसिह के.सि र दिपक शर्माले गरेका थिए । अन्तक्रिर्या कार्यक्रममा सोधिएका प्रश्ननहरुको जवाफ प्रमुख वक्ताले जिज्ञासा र प्रश्न्नको प्रस्टोक्ति दिएका थिए ।
कार्यक्रमको सन्चालन वुद्दिजिवी संगठनका केन्द्रीय सदस्य नन्दलाल खरेलले गरेका थिए भने सभा विसर्जन कार्यक्रमका सभाअध्यक्ष शुभलाल श्रेष्ठले गरेका थिए । कार्यक्रममा करिब १५० जना शुभचिन्तकको उपस्थिति थियो । वैज्ञानिक समाजवाद नै वर्तमान संसदीय व्यवस्थाको निकासको विकल्प रहेको भन्दै एकीकृत जनक्रान्तिमा गोलवन्द हुन आफू लगायत सम्पूर्णलाई सुनौलो जनताको वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन ने.क.पा. लाई शुभकामना समेत दिएक थिए । कार्यक्रम पाउना घर, विदुर नुवाकोटमा भव्यरुपमा सम्पन्न भएको थियो ।