युवा सङ्गठन पुर्वी कमाण्डद्वारा जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान सुरु

काठमाडौं । १२९ औँ माओ दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालले जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान भन्ने मुल नारासहित पुर्वी कमाण्डको युवा अभियान उदयपुरको सदरमुकाम गाईघाटवाट सुरु भएको छ । उक्त अबसरमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्यहरू कृति, ओमप्रकाश पुन, विवेक कुमाल, सुमनसिंह लगायतको साथमा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गलीको नेतृत्वमा पदाधिकारी एवम् केन्द्रीय नेता र अभियानकर्मीहरूले सरकारी कार्यालयहरू एवम् बजार सरसफाई गरेका थिए । । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर र नेकपा केन्द्रीय सदस्य तथा युवा सङ्गठन नेपालका फ्याक्सन इन्चार्ज कृतिले दिप प्रज्वलन, पटका पड्काएर अभियान टोलीलाई झण्डा दिएर उद्घाटन गरेका थिए । यस्तै अभियान उद्घाटनमा नेकपाका केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन, विवेक कुमाल, दिपेश राई, निर्मल राई, सुमनसिंह पौडेल लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले अन्तर्राष्ट्रियकरण– माजवादलाई रोक्ने नीतिमा पुँजीवाद र सामन्तवाद ल्याएको संसदीय व्यवस्था हो, तसर्थ यसलाई परास्त पार्न निरन्तर अभियानसहित मार्क्सवाद, लेनिनवाद र माओवाद आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले आज हामी माओ दिवसको दिन अभियान उद्घाटन गर्दैछम यसको मर्मलाई नेपाली धर्तीमा लागू गर्न युवा अभियान महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । बुढामगरले युवाहरूलाई सङ्गठन सुदृढीकरण, रसियन मोडेल चाईनिज मोडेल, गरिबी अशिक्षा, बेरोजगारीको बिषयमा र अबको पार्टीको कार्यनीतिको बारेमा प्रशिक्षण दिएका थिए ।
यसैगरी अतिथिहरूले क्रमश भनाई राख्दै युवा सङ्गठन नेपालका आयोजक टिमलाई शुभकामना दिँदै यो कार्यक्रम अभियानले पुर्वको हरेक गाउँ बस्तीहरूमा रहेका अन्याय र उत्पिडनका विरुद्ध बोल्न नसकेकाहरूको आवाजलाई बुलन्द गर्दै आफ्नो पार्टीको बिचारहरू जनता माझमा पुर्याएर यहाँ रहेका दलाल भ्रष्टाचारहरूले जगडिएको पुर्वको भुगोलहरूमा अभियानले सफलता हासिल गर्न सकोस् भन्ने मन्तव्य राखेका थिए ।
त्यसैगरी अध्यक्ष पाटन जङ्गलीले केन्द्रीय निर्देशिका पढेर सुनाउँदै अभियानले गर्ने काम र कर्तव्यको बारेमा स्पष्ट पारेका थिए । यस्तै अभियान टोली टिम तीन समूहमा विभाजन गरिएको छ, कार्य बिभाजनमा मेची–कोशीको कमान्डर सङ्गठनकी केन्द्रीय महासचिव बिदुशी, सगरमाथा, सिराहा र सप्तरीको कमान्डर सङ्गठन केन्द्रीय सचिव तिलकलाई तोकिएको छ ।
उद्घाटनमा युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जङ्गलीको अध्यक्षतामा र स्वागत मन्तव्य युवा सङ्गठनका कोषअध्यक्ष बिश्लेशण, शुभकामना मन्तव्य सङ्गठनकी महासचिव बिदुशी र सङ्गठनको उपाध्यक्ष दिनेशले राखेका थिए भने कार्यक्रम सञ्चालन तिलकले गरेका थिए । साथै उक्त उद्घाटन कार्यक्रममै माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी १५ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।