एमसीसी पास गरे नेपालकाे सार्वभाैमिकता अमेरिकाकाे हातमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले एमसीसी सम्झाैता कुनै पनि हालतमा पारित गर्न दिननहुने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्वारा बाराकाे कलैयामा आयोजित एमसीसी सम्झाैता कति घातक छ ? विषयक गाेष्ठीलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो कुरा बताएका हुन् । नेता बास्तोलाले एमसीसी पास गरे नेपालकाे सार्वभाैमिकता अमेरिकाकाे हातमा जाने र बाैद्धिक सम्पत्ति अमेरिकाकाे हुनेछ । उसले प्राकृतिक साधनस्राेत माथि दाेहन गर्छ । त्यसैले एमसीसी बिरुद्ध सबै जनताले आन्दोलन गर्नु पर्ने बताए ।

उक्त कार्यक्रममा गुणराज लाेहनीले कार्यपत्र पेश गरेका थिए ।
नन्दन अर्यालकाे अध्यक्ष्ातामा भएकाे उक्त कार्यक्रमलाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बैझनाथ ठाकुर, निरज साह र आतिस मिश्रले सम्बोधन गरेका थिए ।