युवा संगठन उदयपुरद्वारा संगठन सुदृढ तथा विस्तार अभियान जारी

२०७८ पुष १९ गते, सोमबार


काठमाडौँ । जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान सफल पारौं भन्ने मूल नाराका साथ युवा संगठन नेपालले केन्द्रिय अभियानलाई निरन्तर सञ्चालन गरिरहेको छ। त्यही शिलशिलामा ३नम्बर टोलिको टिम A ले पौष १८गते त्रियुगा नगरपालिका ७सहरेमा दुर्गानन्द चौधरी को संयोजकत्वमा ९ सदस्य युवा संगठन नेपाल टोल इकाइ कमिटी ,सानी मगरको संयोजकत्वमा ५ सदस्यअखिल नेपाल महिला संघ( क्रान्तिकारी) गठन गरेको छ । त्यस्तै त्रीयुगा नगरपालिका ७ सहरेमा नै नर बहादुर मगरको संयोजकत्वमा ५जना अखिल नेपाल किसान महासंघ र गणेश मगरको संयोजकत्वमा ३ जना सल्लाहकार समिती गठन गरिएको छ।
सोही ३ नम्बर टोलिको टिम A ले पौष १८ गते त्रियुगा नगर पालिका ७ जनज्योति मा .बि .मा ओम स्माली मगरको संयोजकत्वमा ९ सदस्यीय अखिल क्रान्तिकारी मुल इकाइ कमिटी , त्रीयुगा नगर पालिका ७ होक्सेमा मनमाया परियारको संयोजकत्वमा ५ सदस्य अखिल नेपाल महिला संघ (क्रान्तिकारी) टोल कमिटी, पवन राइको संयोजकत्वमा एक सल्लाहकार सहित ५ सदस्य अखिल नेपाल किसान महासंघ र त्रीयुगा नगरपालिका ७ होक्सेमै थमन सिङ राना मगरको संयोजकत्वमा ३ सदस्य अखिल नेपाल किसान महासंघटोल कमिटी गठन गरेको छ भने भित्तेलेखन सोहि ठाउँमा २०/२५ वटा नाराहरु लेखेको छ र जनताको घरमा दाउरा चिरी अभियान टोलिले जनश्रमदान भब्य रूपमा गरेको छ।
कार्यक्रममा पार्टी नगर कमिटी इन्चार्ज मीन प्रसाद पोख्रेल ,युवा संगठन नेपालका केन्द्रिय सदस्य सङ्कर भुजेल, लगाएत अभियान टोलिको उपस्थिति रहेको थियो ।
युवा संगठन नेपालले पुर्बी नेपालमा संचालन गरिरहेको #जनमतसंग्रहकोलागिसंगठनसुदृढतथाबिस्तारअभियान अन्तरगत ३ नम्बर टोलिको टिम C ले अभियानको क्रममा बेलाका नगर पालिका ९ रामपुर बजार खानेपानी गुणस्तरीय सुधार आयोजनाको मुल तथा इन्टेक र पानी ट्याङ्की वरिपरिको झाडी तथा फोहोरहरु सरसफाइ गरेको छ । २३० जना उपभोक्ताहरु सहित सामुहिक श्रम गरि जनता संग हात्तेमालो गरेको हो ।
श्रमदान कार्यक्रममा संगठनका केन्द्रिय सचीव तिलक योगि , केन्द्रिय सचिवालय सदस्य तथा तीन नम्बर टिम प्रमुख हरि बस्नेत , केन्द्रिय सदस्यहरु बिबेक , कबिता , अजय पार्टी जिल्ला कमिटी सदस्य रिता राई लगाएत अभियान टोलिको सहभागिता रहेको थियो ।
युवा संगठन नेपालले पुर्बी नेपालमा संचालन गरिरहेको #जनमतसंग्रहकोलागिसंगठनसुदृढतथाबिस्तारअभियान अन्तरगत ३ नम्बर टोलिको टिम B ले रौतामाई गापालिका ४ मालमासेमा काङ्ग्रेस र माओवादी केन्द्र बाट ध्रुवीकरण गरि शेर बहादुर बिसुङ्खे सेक्रेटरी रहेको ७ सदस्यीय सेल कमिटी गठन गरेको छ त्यस्तै रौतामाइ गाउँ पालिका ४ को श्री सरस्वती मा बि मा मनोज दुलालको अध्यक्षतामा ९ सदस्यीय अखिल ( क्रान्तिकारी ) मुल इकाइ कमिटी गठन भएको छ । कार्यक्रममा नेकपा जिल्ला सदस्य तथा रौतामाई गाउँपालिका सेक्रेटरी मान बहादुर दनुवार युवा संगठन नेपाल का केन्द्रिय सदस्यहरु बसन्त श्रीस र डिल्ली रमण वलि सहितको अभियान टोलिको सहभागिता रहेको थियो । – अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]