‘नेपाल कम्युनिष्ट पार्टीको लोकप्रियता देखेर संसदवादी आत्तिए ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेकपाको लोकप्रियता देखेर संसदवादी आत्तिएको ठोकुवा गरेका छ्न। नेकपा दैलेखद्वारा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले क्रान्ति जित्नका लागि क्रान्तिकारी विचार,राजनीति र नेतृत्वको टिम इमान्दार श्रमजीवी वर्गप्रति प्रतिवद्ध हुनुपर्ने वताउदै त्यो टिम अहिले नेकपामा देखेकाले संसदवादीहरु आत्तिएको बताए ।

प्रवक्ता प्रकाण्डले भने – “प्रचण्डले विचार र राजनीतिमा कमजोरी गरेकाले, वर्ग विर्सिएकाले र जनताप्रति इमान्दार नभएकाले जितिसकेको १० वर्षिय जनयुद्ध प्रतिक्रान्तिमा पुग्यो । क्रान्ति भनेको दुईवटा वर्ग विचको लडाई हो । दुइ वटा वर्गका नेता विचको लडाई हो । जनताको नेता आफ्नो वर्गप्रति इमान्दार हुनुपर्छ । ‘

प्रवक्ता प्रकाण्डले पार्टीले एमसीसीविरुद्ध देशभर ठुलो आन्दोलन गरेको र त्यो देशभर सकरात्मक प्रभाव परेको बताउदै मुख्य समस्या राज्य व्यवस्थाको चरित्र मुठ्ठीभर दलालहरुको हातमा भएको र जसले गर्दा राष्ट्रघात र जनघातहरु वढिरहेको ठोकुवा गरे । उनले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको भन्दै त्यसको ठाउँमा वैज्ञानिक समाजवाद अनिवार्य भएकोले त्यसका लागि तत्काल पार्टीेले जनमतसंग्रहको चुनावको विकल्प आगाडि सारेको वताए ।
