बुद्ध एयरलाई श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न आग्रह

२०७८ पुष २२ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बुद्ध एयर प्रा.लि.मा ध्यानाकर्षण पत्र बुझाउदै श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न आग्रह गरेको छ । महासंघको देशैभर जारी श्रमिक जागरण अभियानको क्रममा बागमती प्रदेश अन्तर्गत उपत्यका विशेष समितिले बुद्ध एयर प्रा.लिलाई उक्त ध्यानाकर्षण पत्र बुझाउदै श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न आग्रह गरेको हो । पछिल्लो समय बुद्ध लगायत एयर लाएन्स कम्पनीहरुमा श्रमिक तथा कर्मचारीहरुले नेपाल सरकारद्वारा व्यवस्था गरिए बमोजिम मासिक पारिश्रमिक, भत्ता र सेवा सुविधाहरु नपाएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त प्रा. लि. मा कार्यरत विभिन्न श्रमिक कर्मचारीहरुले आफ्नो पारिश्रमिक लगायतमाथि गैरन्यायिक रुपमा शोषण भएको, कम्पनिले जथाभावी सरुवा गर्ने गरेको, एयरपोर्ट लगायतका क्षेत्रमा कार्यरत लोडर श्रमिकहरुको ज्याला अत्यन्त न्यून भएको र आफ्नो ट्रेड युनियन हक संरक्षण एवम् सम्बर्धनको सवालमा उचित श्रम अभ्यास प्रावधानमाथि हस्तक्षेप भैरहेको लगायत विषय राखेका थिए ।
पछिल्लो समय अभियानरत महासंघ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ श्रमिकहरुको हक तथा अधिकार विषयमा सशक्त बन्दै संघर्ष चरणको तैयारीमा रहेको बुझिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै बुद्ध एयर प्रा.लि.का कार्यकारी निर्देशक खगेन्द्र बस्नेतले श्रमिक कर्मचारीहरुको हक अधिकारका निमित्त आफ्नो विशेष प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु