‘जनतालाई व्यवस्था रोज्न दिनु पर्छ ‘

२०७८ पुष २३ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्था असफल प्रमाणित भै सकेकोले जनतालाई व्यवस्था रोज्न दिनुपर्ने बताएका छन। कपिलवस्तुस्थित खरेन्द्रपुरमा सो पार्टीका केन्द्रिय सदस्य एवं स्कुलिङ विभागका प्रमुख भेषराज भुषालको बुवा निलकण्ठ भुषाललाई श्रद्धान्जली व्यक्त गर्न आयोजित श्रद्धान्जली सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । महासचिव विप्लवले बैज्ञानिक समाजवाद र पुँजीवादबारे जनमत संग्रह गर्दै पहिले व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए।


यसैगरी , महासचिव विप्लवले कम्युनिष्टहरुले कस्तो संस्कृति अबलम्बन गर्ने भन्नेबारे आगामी महाधिवेशनमा भव्य छलफल गरी सामाजिक रुपमा जोड्ने गरी सांस्कृतिक चिन्तनको रुपान्तरणको लागी विधानत छलफल गर्ने बताएका थिए । उनले समाज रुपान्तरणको लागी सांस्कृति क्रान्ति आवश्यक भएजस्तै राजनीतिक रुपमा पनि सांस्कृति क्रान्ति आवश्यक भएको बताउदै भने – ‘कतिपय कम्युनिष्ट नेताहरुले नै राजनीतिक क्रान्ति सकिएको र अब समृद्धि ल्याउनुपर्ने भनिरहेका छन, उनीहरुले चुनाव लड्ने, सरकार बनाउने, पार्टी ठूलो बनाउने, नेता, मन्त्री प्रधानमन्त्री बन्ने मात्रै भन्नुहुन्छ, तर हामी अझै लड्नुपर्छ भन्दै छौं ।’ उनले धेरै गरियो भनेर गफ लगाएपनि जनताको हातमा केही नभएको जिकिर गर्दै समाजमा ठूलो रुपान्तरण, जनताको आर्थिक र सामाजिक जीवनमा कुनै फरक नपरेको बताए । उनले नेकपाका नेता भेषराज भुषालका बुवा निलकण्ठ भुषालजस्ता धेरै सहयोगीले गर्दा जनयुद्ध र प्रतिबन्दको कठोर यात्रा पार गरेको सम्झदै सहयोगी शुभेच्छुकहरु पार्टीको महत्वपूर्ण आधार भएको बताएका थिए ।
शोक सभामा नेकपा एमालेका केन्द्रिय सल्लाहकार, नेकपा माओवादी कपिलवस्तुका इन्चार्ज कमल चुँदाली, एकिकृत समाजवादीका केन्द्रिय सदस्य बृहस्पती अधिकारी, राष्ट्रिय जनमोर्चा जिल्लाअध्यक्ष लगायतले शोक मन्तव्य राखेका थिए ।


कार्यक्रममा नेता भेषराज भुषालले बुवाको योगदान र मागर्दशन स्मरण गर्दै सांस्कृति क्रािन्त र चेतनाको आवश्यक रहेको बताएका थिए । १९८६ माघ ११ गते अर्घाखाँचीमा जन्मनुभएका निलकण्ठ भुषालका ३ छोरा र ३ छोरी रहेका छन्, कपिलवस्तुको खरेन्द्रपुरमा ९३ बर्षको उमेरमा पुष १४ गते निधन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]