बाघको छालासहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । बाघको छालासहित पक्राउ पर्नेमा दाङ्ग घोराही उपमहानगरपालिका–१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका–१ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका–२ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन । प्रहरीले गोप्य सूचनाको आधारमा लमही नगरपालिका–३ टिकुलीगढबाट बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए ।
बाघको छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताए । बरामद गरिएको बाघको छालासहित सबैलाई डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भइरहेको छ ।