डा. केसीले अनशन तोडेनन ,विरामी टुंडिखेलमा जाँच्ने

२०७० माघ ९ गते, बिहीबार


काठमाण्डौ ,९ माघ। आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले विरोधस्वरुपम टुँडिखेलमा विरामी जाँच्ने भएका छन् ।सर्वोच्च अदालतले स्वास्थ्य सेवा सुचारु गर्न आदेश दिएपनि आकस्मिक सेवामात्र सुचारु गरेका चिकित्सकहरुले बिहीवार काठमाण्डौको टुँडिखेलमा विरामीको स्वास्थ्य जाँच गर्न लागेका हुन् । आन्दोलनरत चिकित्सकहरुले विहान १० बजे टुँडिखेलमा क्याम्प राखेर विरामी जाँच्न लागिएको चिकित्सक संघले जनाएको छ ।त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. शशि शर्मालाई बर्खास्त गरेपनि केसीले तीनबुँदे माग पूरा नभएको भन्दै अनसन तोड्न अस्विकार गरेका छन् । केसीकै समर्थनमा नेपाल चिकित्सक संघले देशभरका चिकित्सकहरुलाई राजीनामा दिन समेत अपील गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु