थाइल्याण्डमा आन्दोलन चर्कदै

२०७० माघ ९ गते, बिहीबार


काठमाडौं, ९ माघ । थाइल्याण्डको राजधानी बैंककमा संकटकाल लागु गरिए पनि विपक्षीको प्रदर्शन रोकिएको छैन । संकटकालको अवज्ञा गरी प्रदर्शन गरेकाहरुमाथि प्रहरीले ब्यापक धरपकड गरेको छ । प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन थालेको छ । संकटकाल लागू गरिएको पहिलो दिन नै एक ब्यक्तिमाथि गोली प्रहार गरिएको थियो ।
प्रधानमन्त्री यिङलक सिनावात्रालाई हटाउन माग गर्दै हजारौं मानिस दिनुहँ सडकमा ओर्लिपछि थाई सरकारले संकटकाल लागू गरेको हो । विपक्षीहरुले भने संकटकालले आफूहरुलाई कुनै प्रभाव नपार्ने भन्दै प्रदर्शन यथावत राख्ने निर्णय गरेको छ ।
प्रदर्शनकारीहरुले वर्तमान सरकार हटाई पिपुल्स काउन्सिल गठन गर्नु पर्ने माग गरेका छन् । यिङलकको सरकार पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको प्रभावमा परेको भन्दै विपक्षीहरु गत नोभेम्बरबाट सडकमा ओर्लिएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]