डा. केसीले अनशन तोडे

२०७० माघ १० गते, शुक्रबार


काठमाण्डौ,१० माघ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई छुट्टै मेडिकल विश्वविद्यालयका रुपमा स्थापना गर्नु पर्ने र संस्थानलाई स्वायत्त संस्थाको रुपमा विकास गर्नु पर्ने,नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्नु पर्ने,राजिनामा गरेका डिन प्रकाश सायमीलाई पुनःवहाली गर्नु पर्ने वा बरिष्ठताका आधारमा चिकित्सकलाई नियुक्त गर्नु पर्ने लगायत माग राखी चौध दिन अघि अनसनमा बसेका डा. गोविन्द केसीले अनसन तोडेका छन् । केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार भएपछि शुक्रवार केसीले अनशन तोडेका हुन् ।
हाडजोर्नीकी विरामी भक्तपुरकी ७ वर्षीया बालिका एलिशा थापाको हातवाट जुस खाएर डा. केसीले अनशन तोडेका हुन् । शुक्रवार स्वास्थ्य मन्त्रालयमा सरकार र नेपाल चिकित्सक संघको छलफलवाट सहमतिलाई अन्तिमरुप दिएपछि केसीले अनशन तोड्न सहमत भएका हुन् ।
छलफलमा सरकार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीन बरिष्ठताका आधारमा गर्ने सहमति छ । सहमति भएसंगै बास्कोटासहितको सरकारी टोली डा. केसीलाई अनशन तोडाउन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । सचिव बास्कोटाले अनशनस्थलबाट नै सहमतिका बुँदा पढेर सुनाएपछि डाक्टर केसीले अर्थोपेडिक रोगकी विरामी भक्तपुरकी ७ वर्षीया एलिशा थापाको हातवाट जुस पिउँदै अनशन तोडेका हुन् ।
राजीनामा दिएका डीन डा. प्रकाश सायमीलाई नै पुनःबहाली वा बरिष्ठताका आधारमा डिन नियुक्त गर्नु पर्ने माग अघि सारेका थिए । सरकार लचिलो हुँदै केसीले भनेजस्तै गरी बरिष्ठताका आधारमा चिकित्सकलाई डिनमा नियुक्ती गर्न सहमत भएको हो । तीन बुँदे सहमतिमा सरकारी वार्ता टोलीका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव बास्कोटा र चिकित्सक संघका अध्यक्ष डा.अञ्जनीकुमार झाले हस्ताक्षर गरेका छन् ।
यसअघि हिजो राति साढे ११ बजे अनशनस्थलमा पुगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक बास्कोटाले गएरातिसरकारका तर्फबाट माग पुरा गर्ने प्रतिवद्धता जनाएका थिए । सरकारी प्रतिबद्धतापछि अनशनमा बसेका डा. केसी अनशन तोड्न सहमत भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु