पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण

२०७८ माघ ३ गते, सोमबार

काठमाडौ‌ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार १४ जनाको पीसीआर परीक्षणमा ५७४७ र ३ हजार ४५१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८७ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५४७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९५ दशमलब १ रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार