जनपत्रकार संगठन रूपन्देहीद्वारा पत्रकार महासंघलाई ज्ञापनपत्र

२०७८ माघ ७ गते, शुक्रबार


काठमाडौँ । जनपत्रकार संगठन नेपाल रूपन्देहीले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र पेश गरेको छ । विहीबार महासंघको कार्यालयमा पुगेर अध्यक्ष रामराज पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । जनपत्रकार संगठनले पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन पत्रमा जिल्लामा रहेका श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुुनिश्चित गर्न ठोस पहल गर्न, जिल्लाभित्र रहेका सदस्यहरुको शुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाउन, पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ । त्यस्तै समानुपातिक विज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गर्न, पत्रकारहरुको बृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न, जिल्लाभित्र रहेका मिडियाको संस्थागत रुपमा क्षमता विकासको लागी पहल गर्न र पत्रकारको लागी निःशुल्क रुपमा कोरोना बिमा जोखिम भत्ताको लागि सम्वन्धित निकायमा पहल गर्न संगठनले माग गरेको छ ।
ज्ञापनपत्र पेश गर्ने कार्यक्रममा संगठनका प्रदेश सहसचिव विहानी मगर, संगठनका जिल्ला संयोजक श्रीधर ज्ञवाली, पीएन न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
महासंघ अध्यक्ष रामराज पोखरेलले संगठनले उठाएको बिषय महत्वपूर्ण भएको भन्दै यसको कार्यान्वयनका लागी महासंघले ठोस पहल गर्ने बताए । उनले पत्रकारहरुको सामूहिक समस्या रहेको भन्दै यसका लागी सबै संगठनले महासंघलाई सहयोग गर्नुपर्ने बताए ।
जनपत्रकार संगठनले देशभर ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गर्ने कार्यक्रम अन्तर्गत रुपन्देहीमा संगठनले ज्ञापनपत्र बुझाएको हो । बुधबार प्रदेश अध्यक्ष दीपेश विष्टको नेतृत्वमा गएको टोलीले लुम्बिनी प्रदेश कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार