भानुभक्त मेमोरियल स्कुलको प्रशासनमा तालाबन्दी

२०७८ माघ ७ गते, शुक्रबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) काठमाडाैँले पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलले विगत ५ वर्षदेखि नि.मा.वि. तहमा अंग्रेजी विषय अध्यापन गराउदै आइरहेका शिक्षक शिवराज जैशीलाई विना कारण निकालिएको भन्दै पुर्नवहालीको मागसहित प्राध्यानाध्यापक र लेखा कक्षमा तालाबन्दी गरेको छ । अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हस्त विकले एक प्रेस विज्ञप्ती जारी गरी सङ्गठनले स्कुल प्रशासनसँग पटकपटकको छलफल गर्दा पनि उक्त समस्या हल गर्न स्कुल प्रशासन तयार नभएपछि चेतावनी स्वरुप प्रधानाध्यापक कक्ष र लेखा शाखामा तालाबन्दी गरिएको जानकारी गराएका छन् ।
विज्ञप्तीमा भनिएको छ, तत्काल शिक्षक शिवराज जैशीलाई पुर्नवहाली नगरे सङ्गठन जस्तोसुकै सङ्घर्ष गर्न बाध्य हुनेछ । जसले निम्तिने परिस्थितिको जिम्मेवार स्कुल प्रशासन हुनेछ ।


यस बिषयमा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हस्त विकलेजारी गरेको विज्ञप्ती यस प्रकार रहेको छ – “हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) निरन्तर शैक्षिक क्षेत्रको रुपान्तरणसँगै समाजमा व्याप्त सबैखाले अन्याय, अत्याचार, विभेद र शोषणका विरुद्द सङ्घर्ष गर्दै आदर्श समाज निर्माणको पक्षमा छ । यही सन्दर्भमा पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलले विगत ५ वर्षदेखि निमावि तहमा अंग्रेजी विषय अध्यापन गराउदै आइरहेका शिक्षक शिवराज जैशीलाई बिनाकारण निकालिएको घट्ना पश्चात हाम्रो सङ्गठनले विभिन्न चरणमा शिक्षक जैशीको निसर्त पुर्नवहालीको मागसहित स्कुल प्रशासनसङ्ग छलफल गरिसकेको छ । आवश्यक रहुन्जेल भरपुर प्रयोग गरी शिक्षकलाई बिच सडकमै छोडिदिने स्कुल प्रशासनको उपयोगवादी हर्कतलाई कुनैपनि वहानामा स्विकार्न सकिदैन । राज्यका विभिन्न निकायद्दारा गरिएको निर्देशन र हाम्रो सङ्गठन सङ्गको पटकपटकको छलफल पश्चात पनि उक्त समस्या हल गर्न स्कुल प्रशासन तयार नभएपछि हाम्रो सङ्गठनद्दारा चेतावनी स्वरुप प्रधानाध्यापक कक्ष र लेखा शाखामा तालाबन्दी गरीएको छ । तत्काल शिक्षक शिवराज जैशीलाई पुर्नवहाली नगरे सङ्गठन जस्तोसुकै सङ्घर्ष गर्न बाध्य हुनेछ । जसले निम्तिने परिस्थितिको जिम्मेवार स्कुल प्रशासन हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार