सात विद्यार्थी सङ्गठन काठमाडौ र नोवेल मेडिकल कलेजको लुट र ज्यादतीबिरुद्ध एकजुट

२०७८ माघ ८ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित सात विद्यार्थी सङ्गठन काठमाडौ मेडिकल कलेज र नोवेल मेडिकल कलेजको मेडिकल विद्यार्थीमाथीको लुट र ज्यादतीबिरुद्ध एकजुट भएर अगाडी बढेका छन। यसैक्रममा शुक्रबार उनीहरुले काठमाडौ मेडिकल कलेज र नोवेल मेडिकल कलेजलाई कारबाही गर्न र पठनपाठन सहज बनाउन गृहमन्त्री बालकृष्ण खाण र शिक्षा देवेन्द्र पौडेललाई संयुक्तरुपमा भेट गरी आग्रह गरेका छन।
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित सात विद्यार्थी सङ्गठनसंगको उक्त संयुक्त भेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरुले दादागिरी देखाएको भन्दै उनीहरुमाथि तत्काल कारबाही गर्न गृहमन्त्री खाँड समक्ष आग्रह गर्दै केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरुले पढ्न पाउने अवस्था गुम्ने चेतावनी दिए ।
सात विद्यार्थी सङ्गठन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको आग्रह जायज भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताए । गृहमन्त्री खाँडले पीडित विद्यार्थी र विद्यार्थी सङ्गठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिबद्धता जनाए । उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिए । गृहमन्त्री खाँडले विद्यार्थी सङ्गठनका नेताहरुलाई पनि याे घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न आग्रह समेत गरे ।
उनले संविधान र कानुनको परिधि भित्र रहेर यस कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु