चाभेजको राष्ट्रवादी छवि र राजनीतिक चतुयाई – छत्रबहादुर मैनाली

२०७० माघ ११ गते, शनिबार


ल्याटिन अमेरिकीन मुलुक भेनेजुएलाका पर्ुव राष्ट्रपति हुगो राफाएल चाभेज प्रिmआसको स्वर्गारोहण ५ मार्च २०१३ मा भएको थियो । बिशेषगरि ल्याटिन अमेरिकन मुलुक लगायत बिश्वव्यापी रुपमा हुगो चाभेजको चर्चा चल्ने गर्दथ्यो । चाभेजको राष्ट्रवादी छवि र राजनीतिक चतुयाईका कारण लामो समय सत्तामा रहिरहन सफल बनेका थिए । विश्व कम्युनिष्ट आन्दोलनका योद्धाहरु चे ग्वेभारा, लेनिन, माओ आदिको दर्शनलाई आत्मसात गरेर समाजवादी छवि निर्माण गर्नपुगेका चाभेजको व्यक्तित्व देखि पश्चिमाहरुको टाउको दुखि रहन्थ्यो । हुगो चाभेजको मृत्यु पश्चात भेनेजुएलाको राजनीतिक भबिश्य के हुने भन्ने बारे विश्व जगतमा बहस चल्दै आएको थियो । अक्टोबर ७ ,२०१२ मा सम्पन्न भएको राष्ट्रपति पदको निर्वाचनमा राष्ट्रपति चाभेजले कुल खसेको मत मध्ये ५४.४२% -७ ४ लाख)मत हासिल गरेर चौथो कार्यकालको लागि बिजयी बनेका थिए भने उनका प्रतिष्पर्धी एनरिक काप्रिले ले कुल खसेको मतको ४४.९७% -६१ लाख ) मत पाएका थिए । बिगतको मत परिणामलाई हेदा चाभेज र काप्रिलेस बिच मत संख्या केवल १० प्रतिशतको अन्तरमा रहेको थियो । राष्ट्रपतिमा बिजयी भएता पनि हुगो चाभेजको स्वास्थ्यमा खराबी भएर करिब ५ महिनाको अन्तरमा स्वर्गारोहण भए पश्चात उत्पन्न राजनीतिक सङ्कट समाधानको उपाय अनुसार १४ अप्रिल २०१३ का दिन पुनःराष्ट्रपति पदको निर्वाचन घोषणा भयो । उक्त चुनावी मैदानमा हुगो चाभेजका उत्तराधिकारीको रुपमा युनाइटे सोसलिस्ट पार्टीी तर्फाट वर्तमान राष्ट्रपति निकोलास मादुरो र प्रजातान्त्रिक समूहबाट मिराल्दा स्टेटका गभर्न एनरिक काप्रिलेस बीच बिशेष प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा अन्तरिम राष्ट्रपति निकोलास मादुरोले कुल खसेको मत १४,९८३,९५३ मध्ये ७,५७५, ७०४ -५०.७८)प्रतिशत मत प्राप्त गरि बिजयी बनेका थिए भने प्रतिद्वन्दी प्रजातान्त्रिक समुहका एनरिक काप्रिलेसले कुल खसेको मत मध्ये ७,३०२, ६४८ -४८ .९५) प्रतिशत प्राप्त गरेका थिए तर उक्त मतपरिणामलाई एनरिक काप्रिलेसले स्वीकार गरेका थिएनन । निर्वाचन आयोग समक्ष पुनःमत गणनाको माग गरेता पनि निकोलास मादुरो नै राष्ट्रपतिको पदमा बहाली भएर हुगो चाभेजको अपुरो सपना पुरा गर्ने दिशामा क्रियाशील छन् । १४ बर्षशासन कालमा पुवराष्ट्रपति हुगो चाभेजको लोकप्रियता निम्नबर्गीय समाजमा परेकै कारण गत निर्वाचनमा बिजयी बन्न सम्भव भएको हो । मध्यम बर्गीय पुँजीपति, व्यापारीक वर्गमा भने सरकारको रवैयाप्रति तीव्र असन्तुष्टि रहेको छ । हुगो चाभेज सासन कालमा मुलुकले अपेक्षित विकास हासिल गर्न नसकेको, गरिबी बेरोजगार, महंगी, बढ्दो मुद्रास्थिति, हत्या अपहरण, फिरौती आदिमा भएको वृद्धिले असन्तुष्ट रहेका छन् । बिश्व बजारमा पेट्रोलियम उत्पादनमा छैठौँ स्थान ओगट्दै आएको मुलुकमा धनि र गरिबी बिचको खाडलको दुरी यति फराकिलो हुनुको कारण चाभेजको १४ बर्षो शासनकाल नै जिम्मेवार रहेको बिपक्षीहरु लगायत आम जनमानसको आरोप छ । बिशेषगरि महाशक्ति राष्ट्र अमेरिकालगायत उसको र्समर्थन राष्ट्रहरु प्रति खरो रुपमा उत्रिदै आएका कारण हुगो चाभेजको लोकप्रियताले स्थान पाएको देखिन्छ । यो पंक्तिकारले गत १५ डिसेम्बर २०१३ देखि १६ जनवरी २०१४ सम्म भेनेजुएलाको बिभिन्न भागमा भ्रमण गरेको थियो । हवाई एवं स्थल दुवै मार्गमार्फ् भ्रमणथप गरेर त्यहाँको वास्तविक यथार्थ बुझने र प्रत्यक्ष अनुभव बटुल्ने संयोग मिलेको थियो । निजि सवारी साधन मार्फ् करिब ३,५०० किलोमिटर यात्रा गरियो, उक्त अबधिभर सडकमा कुनै खाल्डाखुल्डी देखिएन ।
सडकका दाँया बाँया भागमा देखिने जमिनमा खासै खेतीपाती गरेको देखिएन, ठाउँ ठाउँमा पशुपालन फार्म देखिन्थ्यो, बेला बेलामा पर्ुवपश्चिम राजमार्गमा यात्रा गरिँदैछ जस्तो भान हुन्थ्यो, सडक अत्यन्तै गुणस्तरीय, चौडा थिए । राजमार्गमा सुरक्षाकर्मीको बाक्लो चेकजाँच हुने रहेछ जसले नेपालमा घटेको द्वन्द्वकालिन समयको झल्को आउँथ्यो । यात्राको क्रममा बिभिन्न शहर, क्षेत्रको अवलोकन गर्दै सकेको जानकारी हासिल गर्दै यात्रा गरियो । स्थानीयहरु साधारण, मिलनसार, सहयोगी भावनाका अलावा केहि कुतत्वहरु बाट भने हमेशा र्सतर्क रहनुपर्ने बाध्यता रहेछ । खुल्ला सडक गल्लीमा मोबाइलमा कुरा गर्न फोटो खिच्न आदि क्रियाकलाप प्रायः बन्द नै भयो । हरेक जसो शहरमा चिनियाँ व्यापारीहरुको उपस्थिति बाक्लै देखियो । हुनत कुल जनसंख्याको ४२ प्रतिशत युरोपियन मुलका नागरिकको बसोबास रहेको मुलुकमा चिनियाँहरुको उपस्थितिलाई सामान्य रुपमै लिँदा रहेछन । चीन पछाडी अरेबियनहरु बिशेषगरि टर्ुर्की, सिरिया, इरानबाट आएर व्यापार ब्यबसाय गरेर बसेका रहेछन । स्थानीयतहमा व्यापार खोल्ने शैली हाम्रो नेपालमा जस्तै देखियो । बिशेष गरेर सटर, कोठा भाडामा लिएर सामान्य सजावट बिना व्यापार ब्यबसाय हुने रहेछ । तर सरकारी ट्याक्स नियम भने प्रभावकारी ढंगले पालना गरेको देखिन्थ्यो ।
हरेक ब्यबसाय दर्ता हुनैपर्ने नियम रहेछ । बिना अनुमति ब्यबसाय गर्न बन्देज रहेछ । प्रायः हरेक जसो व्यापार राम्रैसँग चलेको देखिन्थ्यो । बजारमा सामानहरु अभाव भएको देखिन्थ्यो । बेकरी चलाउनेहरु मैदा, चिनी, तेल, घ्युको अभावले नियमित उत्पादनमा असर परेको गुनासो सुनाउथे । स्टोरहरुमा दैनिक उपभोग्य सामान दुध, टोइलेट पेपर आदिको अभाव देखिन्थ्यो । प्रायः मुलुकैभरिका शहरमा यस्तै समस्या रहेको सुनिन्थ्यो । पेट्रोलियम पदार्थ भने अत्यन्तै न्युन मुल्यमा र्सवसाधारणले उपभोग गर्नसक्ने भएतापनि नयाँ सवारीसाधन खरिदमा भने तल्लो बर्गको पहुँच पुग्न सारै कठिन रहेछ । त्यसैले शहरका सडकमा करिब ४० बर्षपुराना सवारीसाधन मर्मत गरेर गुर्डाई रहेको दृश्य प्रशस्त देखिन्थ्यो । शहर भिन्न छोटो दुरिमा यात्रा गर्नेहरुको निम्ति मोटर साइकल ट्याक्सीको समेत व्यवस्था रहेछ । ट्याक्सीमा मिटर जडान गरिएको नहुने रहेछ जसले यात्रुलाई ठगिनेबाट राहत मिल्ने रहेछ ।
निजि सवारी साधनले समेत यात्रु ओसारपसार गर्दा रहेछन । खासै नियन्त्रण रहेनछ । तरकारी फलफुल स्थानीयस्तरमा उत्पादन भएका मात्र देखियो । आयात गरिएको तरकारी फलफुल देखिएन । जसले तरकारी फलफूलका गुणस्तर हाम्रो स्थानीयतहमा फल्ने फल जस्तै देखिन्थ्यो । सरकारी अनुदानमार्फ् खुलेका सुलभ स्टोरमा लामो समय लाइनमा बसेर न्युन परिमाणमा बस्तु खरिद गर्नु पर्ने बाध्यत्कारि व्यवस्था प्रति मध्यम बर्गीयहरुको खासै रुचि रहेनछ । समग्रमा त्यसको खास औचित्य रहेनछ । वर्तमान सरकारले सन् २०१९ सम्म गरिब, सुकुम्बासीको लागि निश्चित परिमाणमा घर निर्माण गरेर निशुल्क वितरण गर्ने योजना रहेछ । उक्त योजनाप्रति धेरैको असहमति रहेको पाइयो । कारण सरकारले रोजगार सिर्जना गरेर रोजगार दिने कि – सरकारी ढुकुटीमा ब्रहृमलुट मचाएर गरिब सुकुम्बासीको नाममा घर बाँढदै हिंड्ने – सरकारले निम्न बर्गीय माथि राजनीति गरेर तिनलाई अल्छी बनाउने काम गरेको, केवल भोटको निम्ति सस्तो लोकप्रियता हासिल गर्दैछ भन्ने आरोप लगाउदै बिगतमा सुकुम्बासी गरिबीको नाममा निर्माण गरिएका घरको गुणस्तर अत्यन्तै कमसल रहेको, आफ्नालाई खुलेआम भ्रष्टाचार गर्न छुट दिएको जन आवाज जताततै सुनिदो रहेछ । मुलुकको ठुला ठुला ठेक्का पट्टा, आदिमा आफ्ना निकटका नातेदारहरुलाई अवसर दिएर सत्ता दुरुपयोग गरेको जनगुनासो जता गयो त्यतै सुन्दा लाग्दथ्यो राजनीति भन्ने यस्तै रहेछ । चाहे जतिसुकै लोकप्रियता हासिल गरे पनि ।

प्रतिक्रियाहरु

[anycomment]