नेकपा उदयपुरद्वारा वैधनाथ खोलामा ह्युमपाइप राखी सडक सञ्चालन

२०७८ माघ १० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले कटारी नगरपालिकाको वडा न. ६ र ७ जोड्ने वैधनाथ खोलामा ह्युम पाइप लगाएर सडक सञ्चालन गरेको छ । बर्सौंदेखि खोलाका कारण आवतजावतमा सास्ती खेपिरहेका ६ र ७ नं. वडाबासी बाटो बनेपछि खुसी भएका छन् । दिनहुँजसो हजारौँ मानिस आवतजावत गर्ने खोलाको बाटोमा कसैको ध्यान नपुगिरहेको अवस्थामा नेकपा उदयपुरले बाटो बनाएका कारण हिँड्न सजिलो भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । स्थानीय बासिन्दाको भनाइ उद्धरण गर्दै हाम्रा संवाददाता भन्छन्, ‘हामीले थुप्रै नेतालाई जिताएर पठायौँ । माननीय बनायौँ तर भोलिपल्टदेखि फर्केर आएनन् ।’
सयौँपटक सम्बन्धित निकायलाई गुहार्दा पनि काम नभएको तर यो काम देखेपछि जनताको काम गर्ने पार्टी पनि रहेछ भन्ने अनुभूति भएको स्थानीय बासिन्दाले बताए । उक्त निर्माणकार्यमा नेकपाका जिल्ला सेक्रेटरीसहित २५ जना नेता–कार्यकर्ता प्रत्यक्ष खटिरहेका छन् ।
जिल्ला सेक्रेटरी लक्ष्मण पौड्याल आफूहरू अभियानका क्रममा आउँदा खोलामा आवतजावतमा समस्या भोग्नुपरेको र दिनहुँ आवतजावत गर्ने जनतालाई सहज बनाउन सडक निर्माण गरिएको बताउँछन् । पौड्यालले स्थानीय सरकार भनाउनहरूसँग पर्याप्त स्रोतसाधन भएर पनि योजना नभएकाले जनताले दुःख पाइरहेको बताए । आफूहरू सहयोगीसमक्ष पैसा नभई आवश्यक सामग्री र स्काभेटर, टिफर, ह्युमपाइपलगायत साधन र स्रोत जुटाएर काम थालेको स्मरण गराउँदै उनले उक्त सहयोगप्रति वडाबासीका तर्फबाट धन्यवाद पनि दिए । पार्टीको अभियान जारी रहने उनले बताए ।
पार्टी जिल्ला कार्यालय सचिब दुर्गा तामाङले जनताको पार्टी भएकाले नेकपाले जनताका दुःखसुखमा साथ दिने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार