बुद्धिको व्यवशाय गर्ने बुद्धिजीवी !

मुक्तिबन्धु २०७८ माघ ११ गते, मंगलवार


कतिपय विज्ञहरुकाअनुसार संस्कृतभाषा नेपालमै विकसित भएको भाषा हो । भनिन्छ यस भाषाका सर्वाधिक प्रामाणिक र लोकप्रिय कोषकार अमरसिंह शाक्य नेपाली नै थिए । यस भाषाका प्रथम कवि बाल्मीकि नेपाली नै थिए । बाल्मीकि आश्रमको प्रामाणिक अवशेष अद्यापि नेपालमै छ । संस्कृत भाषाको श्रुतिपरम्परामा रहेको वेदलाई संहिताकरण गर्ने र अठार पुराण एवम् महाभारत लेख्ने व्यास नेपालकै कर्णाली भेगमा जन्मेहुर्केका थिए । उनको मुख्य आश्रम नेपालकै लिम्पियाधुरा निकट लिपुलेकामा रहेका प्रसङ्गहरु अद्यावघि चर्चामा छन् ।
नेपाली भाषा संस्कृत प्राकृत भाषाहरुकै सन्तति हो । यसमा आज पनि संस्कृतका तत्सम तद्भव धेरै शब्दहरु प्रयोगमा छन् । बुद्धि पनि संस्कृत भाषाकै शब्द हो । अमरकोषका अनुसार बुद्धिका पर्यायवाची शब्दहरु मनीषा धीः, धिषणा, प्रज्ञा, शेमुषी, मति, प्रेक्षा, चित्, संम्वित्,, प्रतिपद्, ज्ञप्ति, चेतना, लगायत हु्न् । यसका अतिरिक्त एकदम ताजा र समयमा उपस्थित हुने कल्पनाकुशल फुर्तिलो बुद्धिलाई प्रतिभा भनिन्छ । देखेसुनेको सम्झिराख्ने बुद्धिलाई मेधा भनिन्छ । मेधाबाटै मेधावी बन्छ ।
अमरकोश अनुसार विद्वान्, विपश्चित् ,दोषज्ञ, सुधी, कोविद्, बुध, प्रबुद्ध, मनीषि, ज्ञ, प्राज्ञ, धीमान्, सूरि, लब्धवर्ण, लगायत शब्दहरुले ब्द्धिमान् व्यक्तिलाई जनाउँछन् । प्रवीण, निपुण, अभिज्ञ, विज्ञ, निष्णात, वैज्ञानिक, कृतमुख, कृती, कुशल, लगायत शब्दहरुले सिपालु एवम् निश्चित क्षेत्रमा विशेष क्षमतायुक्त व्यक्तिलाई जनाउँछन् । जानकारलाई जनाउने शब्द ज्ञाता र विदुर हुन् ।
अमरकोष संस्कृतका सवै शब्दहरुको एक मात्र कोश होइन । तर पनि यसमा चल्तीका धेरैैजसो शब्दहरु समावेश गर्ने प्रयास भने कोषकारले गरेका छन् ।
अमरकोषमा बुद्धि र बुद्धि भएका मानिसलाई जनाउने यति धेरै शब्द भेटिँदा बौद्धिक र बुद्धिजीवी शब्द भेटिँदैन । बौद्धिक शब्द अङ्ग्रेजी भाषाका इन्टेलेक्चुअल शब्दको हिन्दी अनुवाद हुनुपर्छ भन्ने मेरो अनुमान छ ।
संस्कृत भाषामा अनन्त संङ्ख्यामा नयाँ नयाँ शब्दहरु निर्माण गर्न सकिने प्रविधि छ । हामीकहाँ भाषा व्याकरण मिलोस् नमिलोस् अनुकरणका अधारमा पनि शब्द बनाउने र प्रयोग गर्ने परिपाटी छ । जस्तै इमानदारिता अन्योलता लचकता आदि । अमरकोषमा हाम्रो प्रसङ्गसँग मिल्दोजुल्दो एउटा शब्द भेटिन्छ वृद्ध्याजीवी । यस शब्दले रुपया ब्याजमा लगाएर जीविका चलाउने ब्यक्तिलाई जनाउँछ । त्यस्तै आयुधजीवी असिजीवी मसीजविी जस्ता शब्दहरु पाइन्छन् । यी शब्दले हतियार चलाएर, खुँडा तरवार चलाएर जीविका चलाउने लेखापढी गरेर जििवका चलाउने व्यक्तिलाई जनाउँछन् । बुद्धिजीवी यसै परिपाटीमा बनाइएको नयाँ शब्द हुनुपर्छ । विज्ञहरु भन्छन् बुद्धिजीवी शब्द समयक्रममा धेरै पछि मात्र प्रयोगमा आएको शब्द हो । यसको अभिप्राय पर्गेल्न गाह्रो छैन । यस शब्दको निर्मितिमा दलाल पूँजीवादको गन्ध पाउन सकिन्छ । यो समस्त शब्द हो । यसमा बुद्धि र जीवी दई शब्द जोडिएका छन् । विशेषतः बुद्धि बेचेर जीवन चलाउनेका लागि यो विशेषण सटीक बन्छ । श्रमजीवीका लागि जीविकोपार्जनको अभिप्राय जीविका चलाउनु हो भने आजका मध्यम वर्गीय बुद्धिजीवीका लागि जीविकाको अर्थ दलाली गरेर भए पनि समृद्धि र सम्पन्नता कमाउनु हुन पुगेको देखिन्छ । यसैले बुद्धिजीवीका ठाउँमा बुद्धिव्यवशायी शब्द प्रयोग गर्न पनि नसकिने होइन । घरजग्गाव्यवशायी भने जस्तै बुद्धिव्यवशायी भन्नु पनि अर्घेल्याइँ हुँदैन । राजीतिले समेत कमाउ व्यवशायको रुप लिइसकेको हाम्रोजस्तो देशमा बुद्धि बटुलेकाहरुले बुद्धिव्यवशायी बन्नु कुनै अनौठो कुरा भएन । व्यवशाय नाफामूलक हुन्छ । नाफाकै लागि गरिन्छ व्यवशाय । किसिम किसिमका ग्राहकका लागि बुद्धिको बजारमा किमिम किसिमको बुद्धि उपलब्ध गराउनु बुद्धिव्यवशयीका लागि व्यावशायिक खूबीकै कुरा हो । अझ बुद्धिजीवी त स्वयम् बुद्धिको उत्पादक कारखाना र आयातकर्ता पनि हो । कुन ग्राहकले कस्तोे बुद्धिको अर्डर गर्छ तदनुसार बुद्धिव्यवशायीले जुटाइदिन सक्छ । आपूmले चाहेको मूल्यमा विक्री वितरण गर्न सक्छ । यस स्थितिमा कमजोर देशलाई आफ्नो साम्राज्यको उपनिवेश बनाएर सामरिक उपयोग गर्न लालायित अम्रिकाजस्ता पैसावाल देशले बुद्धिजीवीलाई नै किनिदिन सक्छ । कारखाना नै किनिदिन सक्छ । किनिरहेको छ ।
यसो नहुँदो हो त आज नेपालमा यो राष्ट्रघाती एमसीसीका पक्षमा लाजै नमानेर जिब्रो फट्कार्दै बोल्ने लेख्ने बुद्धिजीवी नामक कलङ्हरुलाई नेपाली आँखाले किन देख्नु पथ्र्यो ? नेपाली कानले किन सुन्न पथ्र्यो ?
नेपालमा जन्मेर हुर्केर अद्यावधि नेपालकै दानापानी खाएर इण्डोअमरिकी हातमा नेपालकै स्वाधीनता र सावैभौमिता सुम्पन डलरमा बुद्धि बेचिहिँड्ने यी काला व्यवशायीका कारण हामी नेपाली जनताका आँखा र नाकमा यो बुद्धिजीवी शब्द नै रछ्यानजस्तो घीन लाग्दो र आचीजस्तो दुर्गन्धित बन्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार