राष्ट्रपति भोलोडिमिरद्वारा रुसी सेनाको तैनाथीबिरुद्ध अभिव्यक्ति नदिन आग्रह

२०७८ माघ १५ गते, शनिबार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर अत्याउने खालमा अभिव्यक्ति नदिन पश्चिमा राष्ट्रहरुलाई आह्वान गरेका छन । उनले आसन्न आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको गुनासो गरे । गत बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना आफ्नो छिमेकीमाथि आक्रमण गर्न सक्ने जिकिर गरेका थिए । उता रुसले भने आफुले युक्रेनसँग युद्ध नचाहेको भन्दै आक्रमणको हल्ला निराधार रहेको जिकिर गर्दै आएको छ । आफ्नो सिमानामा रुसले करिब १ सेना तैनाथ गरे पनि राष्ट्रपति जेलेन्सकीले अघिल्लो हिउँदयामको भन्दा ठूलो खतरा नदेखेको बताए । जिम्मेवार नेताहरुबाट कुनै पनि बेला आक्रमण हुन सक्ने भन्ने अभिव्यक्तिले युक्रेनले कति मुल्य चुकाउनु पर्छ भन्नेबारे सोच्नु पर्ने उनको धारणा छ ।
यसैबीच, रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकीले रुसको सुरक्षा चिन्ताको वेवास्ता गरको आरोप लगाएका छन । फ्रान्सका राष्ट्रपति इमानएल म्याक्रोंसंगको टेलिफोन सम्बादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग संगठन नेटोले सहयोग गर्नु गलत भन्दै अमेरिकाले युक्रेनको मामिलामा कुटनैतिक चाल चलेको आरोप लगाएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]