जनगणतान्त्रिक सम्पर्क मञ्च रसुवा–काठमाडौँको अध्यक्षमा शंकर पौडेल

२०७८ माघ १७ गते, सोमबार


काठमाडौँ । नेकपानिकट जनगणतान्त्रिक सम्पर्क मञ्च नेपाल अन्तगर्त रसुवा–काठमाडौँ सम्पर्क मञ्चको दोस्रो भेलाले शंकर पौडेलको अध्यक्षता ९ सदस्यीय कमिटी गठन गरेको छ । जसको सचिवमा राजकुमार पौडेल, कोषाध्यक्ष प्रकाश स्याङ्तान, सदस्यहरू कैलाश पौडेल, हितबहादुर तामाङ, कुमार तामाङ, सुनकाजी तामाङ, सन्तोष न्यौपाने रहेका छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रत्न मगर तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सचिवद्वय सुशील बलम्पाकी र खेम प्रधान रहहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रत्न मगरले एक्रीकृत जनकान्ति देशका विभिन्न जिल्लाबाट जिल्लाबासी एक भई लाग्न अपिल गर्दै नवनियुक्त कमिटीलाई बधाई दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार