जनपत्रकार सङ्गठनद्वारा पत्रकार महासंघ रुकुमलाई ज्ञापनपत्र

काठमाडौं । जनपत्रकार सङ्गठन नेपाल रुकुम पश्चिमले नेपाल पत्रकार महासंघ रुकुम शाखालाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । सो संगठनले श्रमजीवी पत्रकारहरूको पारिश्रमिक, महासंघमा सदस्यता शुद्धीकरण, प्रदेश सरकारबाट प्राप्त हुने बिज्ञापनहरू महासंघमार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाले पाउनुपर्ने, पत्रकार महासंघले गर्ने परिचालन गर्ने आर्थिक कारोबार पारदर्शी गर्नुपर्ने लगायतका ७ बुँदे ज्ञापनपत्र नेपाल पत्रकार महासंघ रुकुम शाखालाई बुझाएको हो ।
सो ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ अध्यक्ष लक्ष्मण केसीले ज्ञापनपत्रमा समाबेश गरिएका केहीले समस्याहरू समाधानको लागि जिल्ला शाखाले समाधान गर्ने प्रतिबद्वता जाहेर गर्दै बाँकी प्रदेश समिति र केन्द्रीय समितिसँग जोडिएका समस्याहरू भएकोले सम्बन्धीत निकायसम्म पर्याउन सहयोग गरिदिने बताए । उक्त ज्ञापनपत्र युबराज बोहोराको नेतृत्वको टोलीले बुझाएको हो ।