राष्ट्रपति पुटिन बेइजिङ पुग्दै

२०७८ माघ २१ गते, शुक्रबार


काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुन आज चीन भ्रमणमा जाँदै छन ।
ओलम्पिक भ्रमणको बहाना भएपनि यो भ्रमणमा दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विषयमा विस्तृत वार्ता हुने बताइएको छ ।
बेइजिङ ओलम्पिकको उद्घाट्नमा सहभागी हुने पुटिन एक मात्र विदेशी राष्ट्रप्रमुख हुन । चीन प्रस्थान गर्नुअघि पुटिनले चीनसँग आपसी राजनीतिक विश्वासको आधारमा घनिष्ठ सहयोग स्थापित हुने बताएका छन । उनले रुस र चीनले चुनौतीपूर्ण विश्वमा स्थिरता कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने पनि बताएका छन ।
युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपतिले चिनियाँ समकक्षी सी चिनफिङसँग प्रत्यक्ष गर्ने संवाद अर्थपूर्ण हुने विश्लेषण गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु