सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली आजबाट हटाइएको छ । सार्वजनिक र प्राइभेट दुवै प्रकारको सवारी संचालनमा जोर-बिजोर लागू गरिएको थियो । तर केही दिन अघि सीसीएमसीसीले प्राइभेट र भाडाका ट्याक्सीहरुलाइ मात्रै जोर-बिजोर लागू गरेको थियो । कोरोना महामारीको तेस्रो लहर घट्दै गएको भन्दै सीसीएमसीसीले काठमाडौं उपत्यकामा जोर बिजोर प्रणली आजबाट हटाउन सिफारिस गरेको हो ।
काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली हटाउनेबारे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकमार्फत निर्णय गरिएको हो ।
सिसिएमसीसीले दिएको आदेशका आधारमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार विद्यालय तथा कलेजहरु भने आगामी फागुन १ गतेदेखि मात्रै पूर्णरुपमा संचालनमा आउने छन । भौतिक रुपमा सञ्चालन गर्न पाइने भएपनि १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहले जिम्मा लिने छ ।