भाजपा ठूलो पार्टी बन्ने : सर्वेक्षण
काठमाडौँ ।भारतमा आगामी संसदीय निर्वाचनमा भारतीय जनता पार्टीले सबैभन्दा ठूलो पार्टीका रुपमा सरकार निर्माण गर्ने एक सर्वेक्षणले देखाएको छ ।आगामी निर्वाचन सो निर्वाचनमा उक्त दलले सो स्थान हासिल गर्ने अनुमान गरिएको सो सर्वेक्षणले देखाएको छ ।सो सर्वेक्षणले सो निर्वाचनमा भारतीय जनताका पार्टीले नेतृत्व गरेको नेसनल डेमोक्रेटिक गठबन्धनले भारतीय संसदको तल्लो सभामा कम्तीमा पनि २११ देखि २३१ स्थान हासिल गर्ने देखाएको छ ।गठबन्धनले सदनको ५५२ स्थानमध्ये बढीमा २३१ स्थान ल्याउने सो सर्वेक्षणले देखाएको छ । भारतमा वर्तमान सत्तापक्षीय काँग्रेस दोस्रो ठूलो पार्टी हुने भनिएतापनि त्यसको हार नराम्रोसँग हुने अवस्था रहेको पनि देखाएको छ ।
सर्वेक्षण अनुसार हाल प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको भारतीय जनता पार्टीले मात्र १९० देखि २०१ स्थानसम्म हासिल गर्ने अवस्था रहेको पनि देखाएको छ ।भारतीय टेलिभिजन संस्था सिएनएन आइबिएनले सो अवस्था रहेको देखाएको हो । सोही सर्वेक्षणलाई आधार बनाएर भारतको एक प्रमुख दैनिक पत्रिका टाइम्स अफ इन्डियाले लेखेको छ ।-एजेन्सी