निक्षेप २ अर्बले बढ्यो !

काठमाडौँ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २३ गते निक्षेप २ अर्बले बढेर ४८ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । माघ २१ गते बैंकहरूको निक्षेप ४८ खर्ब ७३ अर्ब रहेको थियो। बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसंगै कर्जा लगानी पनि बढेको छ । माघ २३ गते १ अर्बले कर्जा लानी बढेर ४६ खर्ब ७२ अर्ब पुगेको छ। माघ २१ गते कर्जा लगानी ४६ खर्ब ७१ अर्व रहेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै वाणिज्य बैंकको निक्षेप पनि बढेको छ। वाणिज्य बैंकको २ अर्बले बढेर ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । माघ २१ गते वाणिज्य बैंकको निक्षेप ४३ खर्ब ११ अर्ब रहेको थियो। बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने केहि घटेको छ। बैंकको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.३० प्रतिशत रहेकोमा माघ २३ गतेसम्म घटेर ९०.२७ प्रतिशत पुगेको छ ।