चाउचाउ कारखानामा भीषण आगलागी

काठमाडौं । झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान भीषण आगलागि भएको छ । आगो नियण्त्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झापा सहित पूर्वका बिभिन्न जिल्लाका १४ वटा दमकलहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार आगो नियन्त्रणका लागि आवश्यक सबै प्रयासहरु भइरहेको छ । मनषा फुडद्वारा उत्पादन हुने मगमग चाउचाउको कारखानामा भएको आगलागिको कारण भने अहिलेसम्म नखुलेको बताईएको छ ।