अमेरिकी राष्ट्रपति बाइडेनलाई युक्रेन भ्रमणको निम्तो !

काठमाडौं । सीमामा विवाद चरम बिन्दुमा पुग्ने खत्तरापछि युक्रेनमा संकट थप बढेको छ । युक्रेन र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको हो । युक्रेनी विदेशमन्त्रीले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरिएका औपचारिक आग्रहलाई यसअघि मस्कोले अस्वीकार गरेको बताएका छन् । विदेशमन्त्री दिमेत्रो कुलेबाले बैठक आह्वान गर्ने कामलाई अर्को कदम बताउँदै त्यसमा रुसी योजनाको पारदर्शिता खोजिएको जानकारी दिएका हुन् । युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे जवाफ खोजेको बताएको छ ।
उक्त सम्झौतालाई एउटा युरोपेली अन्तरसरकारी सुरक्षा सङ्गठन ओएससीईले स्वीकारेको छ जसमा रुस समेत सदस्य छ । युक्रेनतर्फको सीमामा रुसका एक लाखभन्दा धेरै सैनिक तैनाथ छन् । तर केही पश्चिमा देशले रुसले हमलाको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन् । अमेरिकाले मस्कोले जुनकुनै बेला हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ । एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गरेका छन् । आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन् ।
सीबीएस न्यूजले तीनवटा स्रोतलाई उल्लेख गर्दै अमेरिकाले किएभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताए । यूकेका लागि युक्रेनी राजदूतले बीबीसीसँगको कुराकानी सैन्य द्वन्द छल्नका लागि आफ्नो देशले नेटो सैन्य गठबन्धनमा सदस्य हुने महत्त्वकांक्षा त्याग्न सक्ने बताएका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति बाइडनलाई किएभ भ्रमणको निम्तो दिएका छन् ।