लिखुखोला जलविद्युत आयोजनाबाट विजुली उत्पादन सुरु

काठमाडौं । लिखु ४ जलविद्युत आयोजनाले व्यवसायीक उत्पादन सुरु गरेको छ। रामेछाप र ओखलढुंगाको सीनामा लिखुनदीमा निर्माण भएको उक्त आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत केन्द्रीय ग्रिडमा जोडिएको हो । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडले सन् २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले ३ वर्षमा आयोजना सम्पन्न गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्नथालेको हो ।
लिखुनदीको पानीलाई बिमिरेमा बाँधबनाई ४ दशमलव २४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ । उत्पादन गृहमा २ वटा टर्वाइनबाट विजुली उत्पादन गरिएको छ । उत्पादित विद्युतलाई २ सय २० केभी प्रशारण लाइनमार्फत रामेछापको मन्थली नगरपालिकामा निर्माण भएको न्यू खिम्ती सब स्टेशनमा जोडिएको छ । आयोजनाले आजदेखि स्थानीय बासिन्दाका लागि साधारण शेयर समेत निष्कासन गरेको छ ।