साझावस उपत्यका बाहिर पनि चलाउने तयारी

२०७० माघ १३ गते, सोमबार

काठमाडौ,१३ माघ – काठमाडौको दुई रुटमा सञ्चालन भइरहेको साझा यातायात आउँदो एक वर्षभित्र काठमाडौ उपत्यकाभित्र र बाहिर समेत विस्तार गर्ने गरी नयाँ बस थप्ने प्रक्रिया सुरु भएको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । यात्रुको मागलाई ध्यानमा राख्दै नयाँ बस थप्ने तयारी भएको उनले बताए यो । यसको लागि अहिले साझाले श्रोतको खोजी गरिरहेको छ ।गत बैशाखदेखि साझाले कलंकी–एयरपोर्ट र लगनखेल–नयाँ बसपार्क गरी दुई रुटमा बस सञ्चालन गरेको छ । दुई रुटमा आठ/आठ वटा मात्रै बस गुड्ने भएकाले प्रायः यात्रुको घुईंचो हुन्छ । अरु बसको तुलनामा भाडा सस्तो र सेवा स्तरीय भएको यात्रुको आकर्षण बढेको साझाको दावी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार