नेपाल बन्दको क्रममा बुटवलबाट ९ जना पक्राउ

२०७८ फाल्गुन ४ गते, बुधबार


काठमाडौं । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दको क्रममा एमसीसी सम्झौताविरुद्ध नेपाल बन्दको क्रममा बुटवलबाट ९ भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण बन्द गराइरहेको बेला बसपार्क क्षेत्रबाट नेकपा नवीन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायतलाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दको प्रभाव बुटवल, भैरहवा, उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात क्षेत्र लगायत सम्पूर्ण क्षेत्र बन्द रहेका छन् । आन्दोलनकारीहरु नाराबाजी सहित सडकमा उत्रिएर विरोध जनाएका छन् । रुपन्देहीले ६ दलको मंगलबार संयुक्त बैठक बसेर नेपाल बन्दलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । सरकारले आज संसदमा एमसीसी टेबल गर्न लागेपछि विप्लव नेकपासहित ५ दल र मोर्चाले नेपाल बन्द गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]