अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा नेपाल बन्दप्रति ऐक्यबद्धता

२०७८ फाल्गुन ४ गते, बुधबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले राष्ट्रघाति एमसीसी संझौताको खारेजीको माग राखेर नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र उनका मोर्चा संगठनहरु आज गरेको नेपाल बन्दप्रति ऐक्यबद्धता जाहेर गर्दै सम्पूर्ण क्रान्तिकारी लेखक तथा पत्रकारलाई नेपालमाथि अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप र नेपालका साम्राज्यवादका लम्परवादी र उसका पिछलग्गुहरुका विरुद्ध भण्डाफोर र विरोध गर्न तथा लेख तथा समाचार प्रचारप्रसार गर्न हार्दिक अपिलगरेको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो अपिल बताएका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ –
“अमेरिकी साम्राज्यवादको दबाबमा नेपालको सत्तारूढ दल नेपाली काँग्रेसको शेरबहादुर देउवा सरकारले राष्ट्रघााति एमसीसी संझौता सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र आम देशभक्त जनताको खारेजीको आवाजलाई लत्याउँदै आज नेपालका संसदमा टेबुल गर्ने र जबर्जस्त पारित गर्न लागेको समाचारले हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण भएको छ ।
उक्त राष्ट्रघाति एमसीसी संझौताको खारेजीको माग राखेर नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र उनका मोर्चा संगठनहरु आज गरेको नेपाल बन्दप्रति हाम्रो संगठनले ऐक्यबद्धता जाहेर गर्दछ र सम्पूर्ण क्रान्तिकारी लेखक तथा पत्रकार मित्रहरूलाई नेपालमाथि अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप र नेपालका साम्राज्यवादका लम्परवादी र उसका पिछलग्गुहरुका विरुद्ध भण्डाफोर र विरोध गर्न तथा लेख तथा समाचार प्रचारप्रसार गर्न हार्दिक अपिल गर्दछ । “

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु