तनहुँबाट नेकपाका ८ नेता गिरफ्तार !

२०७८ फाल्गुन ४ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दको क्रममा तनहुँमा प्रहरीले आठ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पुर्ण जित पुन उभार, नेकपा केन्द्रिय सदस्य एवं गोर्खा र लमजुङ जिल्ला इन्चार्ज रुपेश यस्तै तनहुँ जिल्ला सेक्रेटरी एटम, नेकपा ब्यास नगरपालिका इन्चार्ज ओम पन्त,मगर मुत्ति मोर्चा नेपाल तनहुँ जिल्ला अध्यक्ष धन बहादुर राना , चिज बहादुर भण्डारी रहेका छन् भने देशभत्त जन गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदास्य नेत्र रानाभाट , क्रान्तिकारी माओवादीका तनहुँ जिल्ला सेक्रेटरी नारायण लम्साल रहेका छन् भने पोखराबाट युवा संगठन कास्कीका जिल्ला सदस्य हिमाल पनि गिरफ्तार परेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]