नेपाल बन्दसहितको चौतर्फी दबावपछि सरकार एमसीसी संसदमा टेबल गर्नवाट पछि हट्यो !

२०७८ फाल्गुन ४ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दसहित चौतर्फी दवावपछि आज संसदमा प्रस्तुत गरिने भएको एमसीसी सम्झौताको प्रस्ताव रोकिएको छ । देशभर एमसीसीविरुद्ध जनस्तरबाट प्रतिरोध गर्न थालेपछि एमसीसी टेबुल नगरिने भएको हो । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]