एमसीसी विरुद्धको प्रदर्शनमा घाइते र गिरफ्तार हुनेको विवरण

२०७८ फाल्गुन ४ गते, बुधबार


काठमाडौं । राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीसहित अन्य पाँच दलको संयुक्त आयोजनामा आह्वान गरिएको नेपाल बन्दको क्रममा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास अन्धाधुन्ध प्रहार गर्दा दर्जनौं घाइते भएका छन् । काठमाडौं संसदभवन अगाडि नयाँ बानेश्वरस्थित राष्ट्रघाती एमसीसी विरुद्धको प्रदर्शनमा घाइते हुनेहरूमा (क्रान्तिकारी) का केन्द्रीय सदस्य लोकेश जोशी, भुपाल विक, सृजना शाही, सुदिप शाही, मीन बहादुर शाही, निगम भण्डारी, चिरायु भेटुवाल, मनोज बुढा, दिनेश नेपाली, निराजन धामी रहेका छन् ।
त्यसैगरी राष्ट्रघाती एमसीसी विरुद्ध नेपाल बन्दका क्रममा काठमाडौं उपत्यकाबाट दर्जनौं जना विद्यार्थीहरु गिरफ्तार भएका छन् । गिरफ्तार हुनेहरुमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिजापती, अखिल (क्रान्तिकारी) का काठमाडौं जिल्ला अध्यक्ष हस्त कुमार विक,अखिल (क्रान्तिकारी) का अध्यक्ष अशोक महतरा,अखिल (क्रान्तिकारी) का ललितपुर जिल्ला सचिव जनक शाही, भरत चन्द, गोरख धामी, अर्जुन सुनार, नविन विष्ट, निकास बस्नेत, छत्र विक, राजेश रावल, विवेक मयाल, पुर्ण चन्द्र खड्का, निराजन रावत, मौसम माझी, सुवास महत, दिपक विक, गौरख धामी, प्रगाढ भुसाल, कृष रावल, सविन सापकोटा, साया सापकोटा, जगदीश गिरी, अशोक आचार्य निराजन किरातीलाई प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालयले जनाएको छ ।
यसैबीच बन्दका क्रममा ललितपुरबाट महेश बज्राचार्य, विवेक श्रेष्ठ, जम्बु शेर्पा र प्रेम महर्जन गिरफ्तार भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु