३ लाख नक्कली नोटसहित चार जना पक्राउ

२०७८ फाल्गुन ५ गते, बिहीबार


काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा बानेश्वरको टोलीले उनीहरुलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए । उनीहरुबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं.१६ नयाँ बजार मेडिकल चोक एरियामा केहि व्यक्तिहरुले नेपाली नक्कली नोटको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष प्रहरी टोलीले उक्त स्थानबाट १ हजार दरका २ सय ९४ थान २ लाख ९४ हजार नक्कली नेपाली नोट सहित ४ जनालाई पक्राउ गरेको छ । थप अनुसन्धान भई रहेको अपराध महासाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु