भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल !

काठमाडौ । युएईमा भिजिट भिसामा गएर काम गर्नेलाई ३ महिना जेल , १० हजार दिराम जरिवाना र देश निकालासम्मको सजाय हुने भएको छ । भिजिट भिसामा युएईमा पुगेर तपाई काम गर्न चाहनुहुन्छ भने बिना श्रमस्वीकृति युएईमा काम गर्नु अवैध हो । युएईमा श्रम स्वीकृति नभई काममा लाग्नु युएईको श्रम कानुनको गम्भीर उलंघन भएको दुबई सार्वजनिक अभियोजनले जनाएको छ ।
दुबई सार्वजनिक अभियोजनले ट्वीटर मार्फत गत १२ जनवरीमा यस सम्बन्धि यस सम्बन्धमा ध्यानाकर्षण समेत गराउदै यस्तो लेखेको छ चेतावनी अनुसार युएईमा आवश्यक वर्क परमिट नलिई काम गरे कडा कारबाही भोग्नुपर्नेछ, जसमा तीन महिनाको जेल र १० हजार दिह्रामसम्मको जरिवाना समावेश हुन सक्छ । जारी ध्यानाकर्षणमा उल्लेख छ ‘भिजिट भिसा अन्तर्गत स्वदेश प्रवेश गर्ने र काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनुपर्छ, अन्यथा तिनलाई तीन वर्षसम्म कैद सजाय वा दश हजार रुपैयाँभन्दा बढी जरिवाना वा यी दुईमध्ये कुनै एक जरिवाना हुनेछ । साथै अदालतले राज्यबाट निष्कासन गर्न आदेश दिनेछ ।’