महाकाली पुल निर्माण कम्पनीलाई अवैध उत्खनन् र कमसल समाग्री प्रयोग नगर्न चेतावनी

२०७८ फाल्गुन ५ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले महाकाली पुल निर्माण कम्पनी कुमार सिएफसिई जेभी महाकाली नदीको अवैध उत्ख्नन र कमसल खालका समाग्री प्रयोग नगर्न चेतावनी दिएको छ। सो पार्टीले पहुँच मार्गमा कमसल खालका समाग्री प्रयोग गरेर सडक निर्माण गरेको भन्दै अवैध काम रोक्न माग गर्दै पुल निर्माण क्षेत्रमा झण्डासहित ब्यानर गाडेको हो । नेकपा कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीले निर्माण कम्पनीले पुल निर्माणको साटो महाकाली नदीको स्रोत दोहन, राज्यलाई कर नतिर्ने र सडक निर्माण गर्दा गुणस्तहिन काम गरेको बिरोधमा पार्टीले चेतावनी स्वरुप पुल निर्माण क्षेत्रमा झण्डा र ब्यानर टाँसेको बताए । ‘अहिले चेतावनी मात्रै हो, ‘उनले भने, ‘यती निर्माण कम्पनीले आफ्नो कमिकमजोरी सुधार नगरेर थप एक्सनमा जान्छौँ ।’

प्रतिक्रियाहरु

[anycomment]