‘ एमसीसी नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ ‘

काठमाडौं । चीनले नेपालमा जारी एमसीसी विवादबारे आफ्नो धारणा प्रष्ट पार्दै एमसीसी नेपाली जनताको इच्छामा आधारित हुनुपर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवत्ताले भनेका छन् -‘ नेपालको विकास र जीविकोपार्जनमा सुधार गर्न अन्तर्राष्ट्रिय समुदायको योगदानलाई चीनले स्वागत गर्छ ।’
चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार एमसीसीजस्ता परियोजनाहरू नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ । नियमित पत्रकार सम्मेलनमा अमेरिका–नेपाल एमसीसी सम्झौतामा चीनले अमेरिकाको ‘जबरदस्ती कूटनीति’ को विरोध गरेको उल्लेख गर्दै यो कुरा बताएका हुन् ।