बस दुर्घटना, २१ जना घाइते

काठमाडौँ । नवलपुर प्रहरीले नारायणगढबाट डण्डा तर्फ जाँदै गरेको ना ६ ख १६७७ नम्बरको बस कावासोतीस्थित खरकट्टा जंगलमा दुर्घटना हुँदा २१ जना घाइते भएको जनाएको छ । घाइतेहरूको उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ । तीव्र गतिको बस अनियन्त्रित भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।