‘युक्रेनका साइबर हमलामा रुस संलग्न छैन’

२०७८ फाल्गुन ७ गते, शनिबार


काठमाडौं । युक्रेनी बैंकहरूमा हालैका साइबर हमलाहरूमा रूसको संलग्नता नभएको संयुक्त राज्य अमेरिकाको लागि रूसी दूतावासले जनाएको छ । शुक्रबार, साइबर र इमर्जिङ टेक्नोलोजीका लागि उप राष्ट्रिय सुरक्षा सल्लाहकार एनी न्युबर्गरले बाइडेन प्रशासनले रूसले रक्षा मन्त्रालय लगायत युक्रेनी सरकारी संस्थाहरूलाई लक्षित गरी साइबर हमला गरेको विश्वास गरे पनि यसमा सत्यता नभएको उल्लेख गरेका छन् ।
‘हामी अमेरिकीे प्रशासनको निराधार आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौं र उल्लेख गरिएका घटनाहरूमा रुस संलग्न थिएन र साइबरस्पेसमा कुनै दुर्भावनापूर्ण कार्यहरू नगरेको कुरामा जोड दिन्छौं,’ दूतावासले आफ्नो ट्विटर पेजमा उल्लेख गरेको छ । कूटनीतिक नियोगले न्युबर्गरको टिप्पणीलाई रुस विरोधी टिप्पणीको रूपमा व्याख्या गरेको छ।

यसैबीच , रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा ‘शक्तिशाली विस्फोट’ भएको स्पुतनिकले जनाएको छ। विस्फोट ग्यास पाइपलाइन ‘दुर्ज्भामा’ मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन ‘लिहान्स्कगास’ ले विज्ञप्ति मार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्। स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु