फोहोर नउठ्दा काठमाडौं उपत्यका दुर्गन्धित

२०७८ फाल्गुन ७ गते, शनिबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा मुख्य चोकचोकमा थुप्रिएको फोहाेरका कारण उपत्यका दुर्गन्धित बन्न थालेको छ । फागुन १ गतेबाट फोहोर उठ्न छाडेपछि काठमाडौं महानगरले फोहोर आफैँ व्यवस्थापन गर्न भन्दै उर्दी जारीसमेत गरेको छ । महानगरको वातावरण विभागले आज शसनबार जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकावासीले आ–आफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्न अनुरोधसमेत गरेकोछ ।
काठमाडौं महानगरपालिकाले कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न महानगरवासीमा उर्दी जारी गरेको छ । सो नगरपालिकाले कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न भनेको हो । नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन सूचनामा उल्लेख गरिएको छ । उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदैआएको छ । तर,मडखु–तीनपिप्ले सडकखण्ड कालोपत्र हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि फागुन १ गतेदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरको जनाएको छ। उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन हुँदैआएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु